पहेलो दाँतलाई ५ मिनेटमै चम्काउने घरेलु उपाए यस्ताे छ



हाम्रो इकोनोमि

 

दात पहेलो छ भने हाम्रो सौन्दर्यता मा गिरावट आउँछ पहेलो दात हुनु स्वाभाविक प्रक्रिया हो । दाँत को पहेलोपन लाइ सजिलै हटाउने घरेलु उपाए हरुको यस्ताे छः

१ तुलसीकाे पेस्ट प्रयाेग गर्ने– तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।

२. नुन र तेलले ब्रस गर्ने– हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

३. सुन्तलाकाे बाेक्रा– सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस्। दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमकाे कारण दात चम्किलो हुन्छ ।

४. गाजर खाने– खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।

५. निमकाे प्रयाेग गर्ने– निमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ । यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो । दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. कागतीकाे प्रयाेग– एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ ।

७. स्ट्रबेरीकाे प्रयाेग– स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिडले दांत लाइ सेतो र चम्किलो बनाउछ |

८  केराकाे प्रयाेग– केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस। यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...