अन्जना हत्या काण्ड – फेसबुकमा भेटियो यस्तो भिडियो (भिडियो हेरौ)



हाम्रो इकोनोमि

 

 

अन्जना महतको आफ्नै जेठाजुले बीभत्स हत्या गरे पछि अहिले यो घटनालाई लिएर अनेक कुराहरु बाहिर आउन थालेका छन ।

खुमलटारमा रहेको प्रचण्ड निवास नजिकै एक महिलाको बिहिबार हत्या भएको थियो ।

प्रचण्ड निवास नजिकै रहेको ढोलाहिटी सोनाकोठी भन्ने ठाउँमा जेठाजुले बुहारीको हत्या गरेका हुन्।

श्रीमानका दाजु अर्थात जेठाजुले २४ वर्षीय अन्जना महत माथि खुकुरी प्रहार गरेका थिए। प्राप्त जानकारी अनुसार अन्जनाको घटनास्थलमै मृत्यु भएको थियो।

खुकुरी प्रहार गरी हत्या गर्ने जेठाजु ३२ वर्षीय उज्ज्वल महतलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ।

मृतकका श्रीमान प्रज्ज्वल महत समेत घटनास्थलमै छन्। घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ ।

अन्जना माथि खुकुरी प्रहार हुनुको कारण भने खुल्न सकेको छैन। घटना भएको स्थान खुमलटारमा रहेको प्रचण्ड निवास देखि ५ मिनेट मात्र टाढा रहेको बताइएको छ।

यो घटना लाई लिएर अहिले अनेक भिडियो हरु र आफन्तको भनाई हरु बाहिर आईरहेको छ।

अन्जनाका ससुराले छोरोको मानसिक अवस्था ठिक नभएको बताउँदै आएका छन भने अन्जनाको माईतीले ज्वाईं त्यस्तो नभएको बताएका छन।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...