हत्या हुनुअघि पानी ल्याउन भित्र गएकी अन्जना, आफूले पानी समेत भन्न नपाइ संसार छाडिन्… (भिडियो सहित)



हाम्रो इकोनोमि

 

किन हाम्रो समाजमा यती दुख लाग्दा घटना घटिरहेका हुन्छन्? सोच्न समेत नसकिने घटनाहरू देख्न परिरहेको छ ।

भनिन्छ मानिस एउटा कोमल हृदय भएको चेतनशील प्राणी हो । तर हाम्रो समाजमा यस्ता केही पात्रहरू पनि भेटिन्छन् जो राक्षरूपी मानवको रूपमा धर्तीमा पाइला टेके । ललितपुरको घटना जहाँ जेठाजुले आफ्नै बुहारीलाई खुकुरी हानी निर्मम हत्या गरे ।

ललितपुरको ढोलाहिटी निवासी ३५ वर्षीय उज्ज्वल महत (जेठाजु) ले २५ वर्षीया अन्जना लामा (बुहारी)लाई खुकुरी प्रहार गरी हत्या गरे । बुहारीको निर्मम हत्याको आरोपमा अहिले उनी प्रहरीको नियन्त्रणमा छन् ।

हत्या गरेर मारिएकी अन्जना क्यानाडा जाने तयारिमा रहेकी थिइन ।घटना घट्नु अगाडी उज्ववल छिमेकीको पसलमा पत्रिका पढेर फर्किएको छिमेकी बताउछन । धारोमा पानी न आएको कारण हत्या हुन् केहि अगी मात्र अन्जना घर भन्दा केहि पर पानी लिन गएकी थिइन ।

अन्जनाकी सासु (उज्ववल महत) की आमा सुतेकी थिइन एक्कासी छोराले आमा मैले उसलाई काटे भन्दै बोलाएका थिए। पारिवारिक श्रोतका अनुसार उनले पहिले काम गरेको ठाउ बाट बारम्बार धम्कि आउने गरेको थियो ।स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।

बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे।बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो ।

प्रहरी श्रोतका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्।प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ।बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो।

पा टन अस्पतालले बी एण्ड बी पठाएको थियो।उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ।

वुवा आमा संग गरिएको कुराकानी हेर्नुहोस्ः

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...