‘मुटुको शल्यक्रिया गर्दा फरक रगत चडाइयो, बालिकाको ज्यान गयो’



हाम्रो इकोनोमि

 

मुटुको शल्यक्रिया गर्दा फरक समुहको रगत चडाइएको भनिएकी पाँच बर्षीया बालिकाको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ज्यान गएको छ ।

परिवारले चिकित्सकीय लापरवाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् ।

अस्पतालले भने घटनाको छानवीन अघि बढाइएको बताएको छ ।

सर्लाही सिसौटियाकी ५ बर्षीया आकृति कुमारीको मुटुको भल्भ फेर्न परिवारले १३ बैशाखमा गंगालाल अस्पतालमा भर्ना गरेका थिए ।

उनको १७ बैशाखमा शल्यक्रिया भएको थियो ।

तर शल्यक्रियाको क्रममा उनलाई फरक समूहको रगत दिइएको परिवारको आरोप छ ।

शल्यक्रियापछि गम्भीर हुँदै गएकी उनको आज विहान साढे ४ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।

‘ओ पोजेटिभ समूह रगत भएको नानिलाई ए पोजेटिभ समूहको रगत दिइयो । त्यसपछि उ गम्भीर हुँदै गई र आज प्राण त्यागि,’ बालिकाका आफन्त सुरेन्द्रले बताए ।

उनले शल्यक्रिया केन्द्रका निर्देशक डा। ज्योतिन्द्र शर्मा सहितको टोलीले गरेको बताएका छन् ।

यता अस्पताल निर्देशक डा। शर्माले भने आफू शल्यक्रियामा सहभागी नभएको बताए । तर, आफूले सो केश थाह पाएको भन्दै छानवीन प्रक्रिया अघि बढाएको जानकारी दिए ।

‘खासमा यो शल्यक्रियामा म सहभागी थिइन । तर निर्देशकको नाताले जिम्मेवारी लिनैपर्छ ।

मैले घटना थाह पाएपछि ल्याव, ओटी लगायतका सबै युनिटका प्रमुखहरुलाई डाकेर केशको बारेमा सोधपुछ गरिसकेको छु ।

र छानवीन समिति गठन गरि सत्यतथ्य बाहिर ल्याउने प्रक्रिया समेत शुरु गरिसकेको छु । त्यसले के रिपोर्ट दिन्छ ।

त्यसको आधारमा कारवाही प्रक्रिया अघि बढाउँछु ‘ उनले भने । नेपाली हेल्थले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...