अचानक शक्तिशाली भूकम्पको धक्का, मान्छेहरुको भागाभाग



हाम्रो इकोनोमि

 

आज अचानक शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ ।

 

यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ ।

 

यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यो भूकम्प ५.५ म्याग्नीच्युडको मात्र भएको जानकारी दिएको छ । यस क्षेत्रमा समयसमयमा भुकम्पको धक्का महसुस हुने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...