नेपालमा मानिसमै बर्डफ्लु भेटियो, काभ्रेका युवकको मृत्यु



हाम्रो इकोनोमि

 

नेपालमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएकाको नाम खुलाइएको छैन् ।

 

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरे स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अप्रत्यासित घटना भएको बताएकी छन् । ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए । उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

 

उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो । उनको र्‍याल परीक्षणका लागि जापान पठाइएको थियो । उक्त नमूनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो । नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो ।।

 

नेपालमा पहिलो पटक बर्डफ्लु लागेर गयो युवकको ज्यान, सतर्कता अपनाउन स्वास्थ्यकर्मीको आग्रह

 

बर्ड फ्लुको संक्रमण फैलिरहेका बेला नेपालमा बर्ड फ्लु लागेर एक युवकको मृत्यु भएको छ । नेपालमा पहिलोपटक मानिसमा बर्ड फ्लु भएर मृत्यु भएको हो ।  काभ्रेका २१ वर्षीय युवकमा एच फाइभ एन वानको भाइरस फेला परेको हो । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यो अप्रत्यासित घटना भएको बताइन्।

 

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन। त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो।

 

उक्त नमुनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो। त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन। ब८ृ फ्लु मानिसमा सरेर मृत्यु् नै भएपछि स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...