आफ्नी आमाको मलामी कोहीपनि नगएपछि छोराले पुर्याए साइकलमै राखेर घाट ( भिडियो )



हाम्रो इकोनोमि

 

 

यो संसारमा घुम्दै जादा धेरै स्वार्थी र घमण्डी मान्छेहरु मात्र भेटिन्छन् ।

किनभने यहाँका मानिसहरु धेरै आफ्नो लागी मात्र सोच्दछन् , गर्दछन् र हिड्दछन् ।

त्यसैले यहाँ जातिय , लैगिंक , भाषिक जस्ता विभिन्न नाममा मान्छेले मान्छेलाई पशु सरहको व्यवहार गर्दछ ।

जुन व्यवहार देख्दा लाग्दछ ,त्यो व्यक्ति मान्छे होइन् । तर एक मानव भएर यो संसारमा आएपछि मानवताको भाव व्यक्त गर्नुपर्दछ ।

आज हामी त्यस्तै एउटा दुखदायी घटना सुनाउन गइरहेका छौ । जसले तपाईको मनको आँखामा दुख्छ ।

यो घटना भारतमा बस्ने एक सरोज नामको युवकको हो । उनको परिवारमा आमा र छोरा बस्थे । परिवार राम्रैसँग चलेको थियो , सुख नै थियो ।

तर दैवको लिला एक दिन सरोजको ४५ वर्षीय आमाको पानी लिन जादाँ बाटोमा लडेर मृत्यु भयो ।

त्यसपछि सरोज पिडामा छट्पटाउदै आमाको दाहासंस्कारको लागी छिमेकीहरुलाई मलामी जान बोलाउन गयो ।

तर सरोज सानो जातको भएको भन्दै कोही पनि मलामी गएनन् ।

त्यसपछि सरोजले आफै आफ्नी आमाको शवलाई साइकलमा राखेर ५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर एक्लै खाल्डो खने। त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए ।

त्यसपछि यस घटनाको भिडियो एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको थियो ।

अहिले उक्त भिडियो भाइरल भएको छ । र यस घटनाको भारतमा धेरै आलोचनाका साथै मानवता माथि प्रश्न उठेको छ ।

हेरौ भिडियो

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...