बैशाख १२ को महाभुकम्पमा परी २२ घण्टापछि जीवितै उद्धार गरिएका बालक अहिले यति ठुलो भए ! सबैले शेयर गरौं (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

४ बर्षअघि आजैको दिन २०७२ साल बैशाख १२ को महाभुकम्पमा २२ घण्टा पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस अवालले उक्त समय अन्तराष्ट्रिय चर्चा पाएका थिए। भक्तपुरस्थित घर भत्केपछि सोनिस पुरिएका थिए।

भुकम्प गए लगत्तै भत्केको घरबाट सोनिसकी दिदी सोनिया अवाललाई नेपाली सेना र स्थानिय मिलेर उद्दार गरेका थिए तर सोनीसको कुनै पत्तो नलागेपछि सेनाले उद्दार कार्य बन्द गरेको थियो।

अर्को दिन बिहान सोनिसकी आमाले बच्चा रोएको मधुरो आवाज सुनेपछि सेनाले फेरि उद्दार कार्य शुरु गरेपछि सोनिस फेला परेका थिए।यतिबेला सोनिस अवाल ५ बर्षका भैसके । सोनीसको परिवार भक्तपुरमा ब्यासी नजिकै कोठा भाडामा लिएर बसेको छ। एउटा सानो कोठामा ४ जनाको परिवार बसिरहेको छ। उक्त कोठा ४ जनाकालागि अतिनै साँघुरो रहेको छ।

भुकम्पको त्यो दिन सम्झँदा रस्मिताको अनुहारको रंग अहिले पनि फेरिन्छ। ‘सम्झन मनै नलाग्ने तर सम्झनाले सधैँ झस्काउने दिन हो त्यो,’ रस्मिता तीतो सम्झना पोख्दै भन्छिन्, ‘छोरा छोरीको आशै भएन, श्रीमानको बारेमा पनि अन्जान थिए।’

हामीले ल्याएको उपहार हेर्न आतुर सोनिसले मन थाम्न सकेनन् । उपहारको बाकस खोलिहाले । भित्र चक्लेट छ कि भनेर गेस गरेका सोनिष रिमोटवाला कार पाएपछि झनै दंग भए । अनि खेल्न थालि हाले । छोराले साईकल माग्छ तर सोनिसको परिवारसंग साईकल किन्दिने पैसा पनि छैन । सोनिसको बाबा गाडी चलाउंछन् अनि आमा सिलाई गर्छिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...