यस्ता छन् औषधीय महत्व भएका साग र च्याउका फाइदा



हाम्रो इकोनोमि

 

हामीले दैनिक सेवन गर्ने तरकारी मात्रा मिलाएर पकाउँदा स्वादिलो मात्र हुँदैन , शरीरलाई स्वस्थ राख्नुका साथै मस्तिष्क पनि बढाउँछ ।

यसले खाद्य–उपचार (फुड थेरापी) को पनि काम गरिरहेको हुन्छ । पोषिलो परिकारले शरी रको रोगप्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेहजस्ता असाधारण रोगको सम्भावनासमेत हटाउँछ ।

त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ ।

साग र च्याउका फाइदा यस्ता छन्- नेपालमा रायो, तोरी, फापर, बेथु, मेथी,सौँप, पालुंगो, चौँसुर, छ्यापी, लसुनका सागका साथै फर्सीका मुन्टा, हरियो प्याज, निगुरो आदि हरियो सागको रूपमा खाइन्छ । यी सबै सागमा पाइने पोषक तत्व फरक–फरक छन् । तर, समान रूपमा क्लोरोफिल, भिटामिन, खनिज तत्व पाइन्छन् ।

हरियो सागमा मुटुको रोगदेखि कब्जियत सम्म, पेटको क्यान्सरदेखि गठिया र जोर्नी तथा हड्डीका समस्या सम्म हटाउने क्षमता हुन्छ । मस्तिष्कको क्षमता बढाउन तथा बूढोपनका लक्षण हटाउन सागयुक्त भोजन निकै नै लाभदायक हुन्छ। च्याउस् भिटामिन ‘बी’ का विभिन्न प्रकार र खनिज तत्व च्याउमा पाइन्छन् । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटिको सब्जी हो ।

तर, यसमा ऊर्जा स्रोत (क्यालोरी) अत्यन्त कम हुन्छ । टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट (युभी) किरण दिए पछि भिटामिन डी पर्याप्त बनाउन सकिन्छ । संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् । तीमध्ये १० प्रतिशत च्याउसँग मात्र मानि सको ज्ञान र पहुँच पुगेको छ । नेपालको कर्णाली क्षेत्रका जंगलमा पाइने मोरेल, गुच्ची नामका च्याउहरू अति महँगा छन् ।

पाउल स्टामेटस् नामक विश्वविख्यात च्याउविज्ञले एक सय प्रजातिका च्याउबारे ६ वटा पुस्तक लेखेका छन् । जसमा उनले च्याउबाट मानव स्वास्थ्यलाई हुने फाइदाका बारेमा अनुसन्धान मूलक विश्लेषण गरेका छन्। सयमध्ये ६ किसिमका च्याउले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता अद्भूत तरिकाले बढाउँछ । तर, अग्र्यानिक तरिकाले साह्रै सावधानीका साथ फलाइएको च्याउ मात्र खान उनी सल्लाह दिन्छन् ।

पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ । उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरी रको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु हो ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...