काठमाडौंमा फेला पर्यो सुन जस्तै पँहेलो देखिने अनौठो धातु !



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिका– ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट करिब १ सय ५० ग्रामको सुन जस्तो देखिने पहेंलो बाला ३ थान सहित रामेछाप खाँडादेवी गाउँपालिका– ४ घर भएका २२ वर्षीय कामेदेव मगरलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 

विशष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले जाचँ गर्ने क्रममा उक्त बाला सहित मगरलाई फेला पारी पक्राउ गरेको हो । रसुवा, गोसाईकुण्ड गाउँपालिका २ टिम्मुरे घट्टेखोलास्थित रोकी राखेको ना.६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको कन्टेनर ट्रकबाट प्रत्येक १ किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु ७ थान सहित ट्रक चालक नौकुण्ड गाउँपालिका १ बस्ने ३० वर्षीय शेर ग्याल्बो घलेलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 

सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्ररही बल भन्सार सुरक्षा गुल्म टिमुरेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त कन्टेनर जाँच गर्दा क्याविनको वाँयातर्फको सिलिङको बत्तीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातु फेला पारी घलेलाई पक्राउ गरेको हो । यस्तै, काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सिराहा गोलबजार गाउँपालिका–७ घर भएका १५ वर्षीय सरोज गुप्तालाई अवैध लागूऔषध ब्राउन सुगर १.५ ग्राम सहित फेला पारी मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्थानमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२९१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । र, बाँके, नेपालगंज उपमहानगरपालिका–१५ स्थित कैलाली जानकी गाउँपालिका–५ पथरैया बस्ने १९ वर्षीय खेमराज जैशीलाई ९ ग्राम ब्राउन सुगर र बाँके बैजनाथ गाउँपालिका–२ बस्ने १८ वर्षीय अर्जुन बिकलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट २० ट्याबलेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यी सबै घटनाहरुमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...