यस्तो बन्दैछ नेकपाको पोलिटव्यूरो, (सूचीसहित)
लामो वहस, छलफल र सकसपछि जिल्ला तहको नेतृत्व टुङ्गो लगाएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब पोलिटव्यूरो गठनको प्रक्रियामा लागेको छ ।
पार्टी एकताको ११ महिनापछि जिल्ला नेतृत्वमा सहमति जुटाएको नेकपाका नेताहरु पोलिटव्यूरो गठनका विषयाम मोटामोटी समहति भइसकेको दावी गर्छन् ।
नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाई अर्थात १४७ सदस्यीय पोलिट्ब्यूरोमा पूर्व एमाले र पूर्व माओवादीबाट क्रमश: ५५ र ४५ प्रतिशतको अनुपात अर्थात् क्रमश: ८२ र ६५ जना सदस्य रहने सहमति भइसकेकाले दुबैतर्फका दाबेदारले बताएका छन् । अहिले पोलिटव्यूरो गठनका लागि गृहकार्य अघि बढिसकेको उनीको भनाई छ । ।
पूर्व एमालेका तर्फबाट पोलिटब्यूरो सदस्य रहेकाहरू सबै नेकपामा पनि रहने नीति बनेकाले पूर्व एमालेतर्फ पोलिट्ब्यूरोका लागि त्यति समस्या छैन । माओवादीतर्फ भने समस्या देखिएको नेकपाका एक जना सचिवालय सदस्यले जानकारी दिएका छन् ।
साविकको माओवादी केन्द्रमा पार्टी विभाजन र एकताको क्रममा पटक–पटक पोलिटब्यूरो पुनर्गठन भएकाले एमालेमा जस्तो सहज छैन । नेकपाको जिल्ला नेतृत्व टुंगो लगाउने क्रममा पनि माओवादीतर्फबाट पर्ने नामहरू अन्तिम समयमा फेरबदल भएको थियो ।
स्रोतहरूका अनुसार माओवादीतर्फबाट नेकपाको पोलिटब्यूरोमा लैजाने सदस्यहरूको सूची अहिले तयार भइरहेको छ । एमालेमा यसअघि पोलिट्ब्यूरोमा रहेकाहरु सबैलाई पोलिट्ब्युरोमा राख्ने र थप सदस्य बरिष्ठताका आधारमा ल्याउने सहमति नेताहरुबीच भइसकेको जनाइएको छ ।
साविकको एमालेमा ५९ जना पोलिट्ब्यूरो सदस्य थिए । यसअघि पोलिट्ब्यूरोमा रहेका गणेश तिमिल्सेना राष्ट्रियसभा सदस्य, सानु श्रेष्ठ प्रदेश नम्बर तीनको सभामुख र अग्नि खरेल महान्यायाधिवक्ता भएकाले रिक्त तीनसहित एमालेर्फबाट २३ जना नयाँ सदस्य थपिने छन् ।
यी हुन् थपिने सदस्य
यसअघि पोलिट्ब्यूरोमा रहिसकेर एमालेको नवौँ महाधिवेशनमा पराजित भएका तर पछि केन्द्रीय कमिटीमा थपिएका खगराज अधिकारी, नरेश खरेल र धर्मनाथ साह यसपालि एमालेको तर्फबाट नेकपाको पोलिट्ब्यूरोमा थपिने सम्भावित नाम रहेको स्रोतले जानकारी दिएको छ । यसअघि पहिले एमालेको पोलिट्ब्यूरोमा रहे पनि पार्टी छाडेर पुनः फर्किएका विजय सुब्बाको विषयमा नेताहरुबीच सहमति बन्न बाँकी छ ।
त्यसैगरी, तीन पटक वा त्यसभन्दा बढी केन्द्रीय सदस्य भइसकेका नेताहरू गुरु बराल, देवराज घिमिरे, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, भानुभक्त जोशी, रामचन्द्र यादव र जयन्ती राई यसपटक पोलिट्ब्यूरोमा पर्ने सूचीमा छन् । नेकपा पोलिट्ब्यूरोमा पर्न केन्द्रीय सदस्यहरुले शीर्ष नेताहरुलाई दबाब दिने क्रम बढेको स्रोतको भनाई छ ।
‘महिला, जनजाति, मधेसी, मुस्लिम र दलित समुदायबाट पोलिटब्यूरोमा ल्याउने प्रयास भइरहेको छ’, नेकपाका एक जना सचिवालय सदस्य भन्छन् । एमालेतर्फबाट पोलिटब्यूरोमा महिलाबाट सुजिता शाक्य, जनजातिबाट शेरबहादुर तामाङ, मधेसीबाट श्रीप्रसाद साह, मुस्लिमबाट नजिर मियाँ र दलितबाट चुडामणि जंगलीको सम्भावना रहेको स्रोतहरूले दाबी गरेका छन् ।
नेकपा पोलिट्व्यूरोमा आउने पूर्व एमालेका नेताहरु
१. केपी शर्मा ओली
२. माधव नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. अष्टलक्ष्मी शाक्य
६. भीम रावल
७. ईश्वर पोखरेल
८. विष्णु पौडेल
९. घनश्याम भुसाल
१०. पृथ्वीसुब्बा गुरुङ
११. प्रदिप ज्ञवाली
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. किरण गुरुङ
१६. छविलाल विश्वकर्मा
१७. बेदुराम भुसाल
१८. मुकुन्द न्यौपाने
१९. विष्णु रिमाल
२०. युवराज ज्ञवाली
२१. रघुजी पन्त
२२. रघुवीर महासेठ
२३. सत्यनारायण मण्डल
२४. सुरेन्द्र पाण्डे
२५. शंकर पोखरेल
२६. सुवास नेम्वाङ
२७. अरुण नेपाल
२८. काशीनाथ अधिकारी
२९. गंगालाल तुलाधर
३०. थममाया थापा
३१. नागेन्द्र चौधरी
३२. प्रदिप नेपाल
३३. प्रकाश ज्वाला
३४. परशुराम मेघी गुरुङ
३५. पशुपति चौलागाई
३६. विन्दा पाण्डे
३७. भानुभक्त ढकाल
३८. महेन्द्र पाण्डे
३९. यामलाल कँडेल
४०. राजेन्द्रप्रसाद पाण्डे
४१. राधा ज्ञवाली
४२. रामप्रित पासवान
४३. लालबाबु पण्डित
४४. डा. विजय पौडेल
४५. श्रीमाया थकाली
४६. कर्ण थापा
४७. गोकुल घर्तीमगर
४८. गोरख वोेगटी
४९. गौरा प्रसाई कोईराला
५०. जगत विश्वकर्मा
५१. जगन्नाथ खतिवडा
५२. तुलवहादुर गुरुङ
५३. दलवहादूर राना
५४. डा. वंशीधर मिश्र
५५. भागवत विश्वासी
५६. युवराज कार्की
५७. योगनारायण यादव
५८. शत्रुध्न महतो
५९. शेरधन राई