बँदेल मार्ने विद्युतीय धरापमा परेर युवककाे मृत्यु भएपछि जंगलमा गाडिएको अवस्थामा शव फेला



हाम्रो इकोनोमि

 

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा परी मृत्यु भएको खुलासा भएको छ ।

गत १ वैशाखदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो ।

गत १ वैशाखदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो ।

बँदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको पाइएको प्रहरीले जनाएको छ ।


देवदह नगरपालिका–९ को जंगलमा गौतमको शव फेला परेको हो । स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो । प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...