आमा-बुवा दुवैले छाडेर गएपछि क्यान्सर पीडित भाईलाई बचाईदिन दिदिको अनुरोध



हाम्रो इकोनोमि

 

केहि महिना पहिले आमाले दोस्रो विवाह गरेर गईन् । त्यसपछि बाबुले समेत अर्को श्रीमती विवाह गरेर भारत पसे ।

प्यूठान माण्डवी गाउँपालिका २ ढाकाबनमा मिलेर बसेको कालिका क्षेत्रीको परिवार एकाएक टुक्रियो ।

परिवार मात्र टुक्रिएन बज्रपात त यस्तो प¥यो की उनको एक मात्र भाईलाई क्यान्सर भयो ।

अहिले भाईको उपचारका लागि सहयोग माग्दै हिड्नु परेको छ २० वर्षीय कालिकालाई ।

करिव आठ महिना पहिले १४ वर्षीय भाई रमेश क्षत्रीलाई घाटीमा क्यान्सर भएपछि अहिले समस्यामा परेको कालिकाले बताउनुभयो ।

‘सहयोग गर्ने कोही छैन, अहिलेसम्म हजुर बुवाले आफुसँग भएको पैसाले उपचार गर्नुभयो ।’

कालिकाले भन्नुभयो, ‘पैसा सकियो, जग्गा बेच्नको लागि गाउँको जग्गा भनेको बेला किनि दिने कोही छैन, बुवाले वास्ता गर्नुभएन ।’

भाईको उपचारका लागि हजुर बुवा करिव ६० वर्षीय रिकबहादुर क्षेत्रीले ११ लाख खर्च गर्नुभएको छ ।

तीन महिना भएको यो उपचार खर्चले क्षेत्री परिवार र कालिकालाई कहाली छुटेको छ । अब लाग्ने खर्च कसरी जोड्ने ?

घोराहीमा सोमबार पत्रकार सम्मेलन गरेर कालिकाले भाईको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

अहिले भाई चितवन विपि मेमोरियल क्यान्सर अस्पतालका उपचार गराईरहेको उहाँले बताउनुभयो ।

विरामी भाईलाई कुर्ने मान्छे समेत छैन । केहि साथीहरुलाई अस्पतालमा राखेर आफुले सहयोग जुटाउन हिडेको बताउनुभयो ।

हजुरबुवा, हजुर आमा र दिदि भाई बस्दै आएको परिवार पनि अहिले समस्यामा परेको छ ।

कक्षा ८ मा पढ्दै आएका रमेश क्षेत्रीको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग उठ्ने क्रम पनि जारी छ ।

पत्रकार सम्मलन मै दाङ घोराहीका समाजसेवि लेखराज डिसीले पाँच हजार रुपैया सहयोग गर्नुभएको छ ।

समाजसेवि डिसीले पत्रकार सम्मेलन मै पाँच हजार उपचार खर्च कालिका क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो ।

कालिका क्षेत्रीले सहयोग गर्न ईच्छुकले प्रभु बैंक चितवनको खातामा सहयोग रकम जम्मा गरिदिन आग्रह गर्नुभयो ।

उहाँले बैंकको खाता नम्बर ०१७१०७०१२४२७१८०००००१ मा जम्मा गरिदिन उहाँले आग्रह गर्नुभयो । साथै उहाँले फोन नं. ९८०९७२३५९३ मा सम्पर्क गरिदिन पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...