यूवालाई आयआर्जनमा आत्मनिर्भर बनाउन सरकारले थाल्यो यस्तो पहल



हाम्रो इकोनोमि

 

व्यवसायको प्रवद्र्धनबाट यूवालाई आयआर्जनमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सर्लाहीको हरिवन ९ मा ३ दिने व्यवसायीक कुखुरा पालन तथा कानुनी मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

वडा नम्बर ९ को आयोजनामा आईतवार वडा अध्यक्ष सिताराम पोखरेलको अध्यक्षता तथा नगरप्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

कृषि, शिक्षा, पशु, पर्यटन, स्वास्थ्य संचार पूर्वाधार स्वच्छ, समुन्नत हरिवन नगरपालिकाको समृद्धिको मूल आधार भन्ने नाराका साथ यूवाहरुलाई सफल उद्यमी बनाउने उदेश्यका साथ तालिम दिन सुरु गरिएको वडा अध्यक्ष सीताराम पोखरेलले बताउनु भयो । वडाका २० जना यूवालाई लक्षित गरी संचालन गरिएको तालिमका सहभागिहरुलाई प्रशिक्षक डा.बोधनाथ अधिकारीले सहजीकरण गरि रहनु भएको छ ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, नेपाली काँग्रेस हरिवनका नगरसभापति रामशरण उप्रेती, समाजसेवी माधव दाहाल र वडाका अन्य समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । व्यवसाय गरेर मात्रै हुँदैन व्यवसाय संचालन गर्नका लागि के के कानूनी मापदण्ड हुन्छन् सो को विषयमा पनि व्यवसायीले ध्यान दिनु पर्ने कार्यक्रममा वक्ताहरुले बताएका छन् । कुखुरा पालन व्यवसाय संचालन गरेर हरिवनलाई मासुजन्य वस्तुमा आत्मनिर्भर बनाउन मेयर गणेश प्रसाईले यूवाहरुलाई आग्रह गर्नु भयो ।

हरेक व्यवसायको वीमा गर्न समेत मेयर प्रसाईले आग्रह गर्नु भयो । त्यस्तै उपमेयर रेणुका पौडेलले कृषि र पशुपालनबाटै हरिवनलाई समृद्धि बनाउने आफुहरुको सपना भएकोले सोही अनुरुप विधिन्न व्यवसाय तथा सीप प्रवद्र्धन सम्बन्धी यूवालाई तालिमको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले पशुपालनको प्रचुर सम्भावना रहेको हरिवनमा यूवालाई प्रसस्त अवसर समेत रहेको बताउनु भयो । अनुदानको आशमा नभई केही गरेर देखाउने उदेश्यले व्यवसायमा लाग्न वडा अध्यक्ष पोखरेलले यूवाहरुलाई आग्रह गर्नु भयो । अभिमुखिकरण मंगलवार सम्म चल्ने वडा नम्बर ९ को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...