केदार घिमिरे (माग्ने बुढा) ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित…



हाम्रो इकोनोमि

 

 

चर्चित हाँस्य कलाकार केदार घिमिरे सरकारबाट सम्मानित भएका छन् ।

“मेरी बास्सै” बाट माग्ने बुढाको उपनामले चर्चित केदार ‘प्रबल जनसेवा श्री’ बाट बिभूषित भएका हुन् ।

संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

उनले सम्मानित हुँदा झनै उत्साहित भएको बताउँदै कर्तव्य पथमा निरन्तर लाग्ने प्रण पनि गरेका छन् ।

‘प्रबल जनसेवाश्री’ बिभूषित भएपछि केदारले खुसी व्यक्त गरेका छन् भने उनले नेपाल सरकारलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

सरकारले उनलाई कलाकारीताको क्षेत्रमा अमुल्य योगदान दिएको भन्दै सम्मान गरेको हो ।

सम्मानित भएपछि केदारले फेसबुकमा लेखेका छन् “सधैं यस्तै अलिकति निहुरिन पाउँ ।

छाती तन्काएर कसैका सामु घमण्ड नगरुँ । हँसाइरहन पाउँ । ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद ।

कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु” ।

उनी सरकारी तवरबाट सम्मानित भएपछि उनका सहकर्मीहरुले समेत बधाई दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...