गोप्य अंगहरुमा ट्याटु खोप्ने नेपाली सेलिब्रेटीहरु: कसको कुन गोप्य अंगमा ट्याटु??



हाम्रो इकोनोमि

 

 

“गोप्य अंगहरुमा ट्याटु खोप्ने नेपाली सेलिब्रेटीहरु: कसको कुन गोप्य अंगमा ट्याटु??”
गायिका सरस्वती लामाको ‘वक्ष’मा खोपिएको ट्याटुले निक्कै चर्चा पायो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि अनेक ठाउँमा निकै भाइरल पनि भयो । तर, त्यहाँमात्र होइन उनले अन्य गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरिन् । भनेकी छन्,‘ट्याटु त मैले नदेखाउने ठाउँमा पनि खोपेकी छु ।

 

नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि । खासगरी मिडियामा आउने सेलिब्रिटीले गोप्य अंगमा ट्याटु खोपेपछि तस्बिरहरू भाइरल भए । ट्याटु खोप्नु सौख पनि हो । तर, कतिपय नेपाली अभिनेत्रीका ट्याटु खोपेका तस्बिर बेला बेलामा सार्बजनिक हुदा आलोचना पनि सहनु परेको छ ।

 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘वक्ष’मा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । यसमा उनको आलोचनामात्र भएन, प्रष्टीकरण पनि दिनुपरेको थियो । उनले ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालमा भाइरल पारेको बताउँदै आवेग समेत पोखेकी थिइन् ।

 

ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ ।कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् । तर नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् । कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । यस्तो सौखका आधारमा नै आफुले ट्याटु खोपेको त अभिनेत्री करिश्मा मानन्धरले बताउँदै आएकी छन् । उनले पनि वक्षमै टयटु खोपेकी छन् ।

 

एकजना ट्याटु बनाउने कलाकारका अनुसार युवतीहरूका गोप्य अंग र आकर्षित बनाउने ठाउँमा ट्याटु बनाउने काम आउँछ । कतिपयले तिघ्रा, पाखुरा, वक्ष, नाइटो, पेट वा त्यसका वरिपरि र ढाडमा समेत खोपाउने गरेका छन् । उनी भन्छिन्,‘यो एक प्रकारको आइडेन्टीटी पनि बन्दो रहेछ । त्यसैले यस्तो रिक्वेस्ट आउने गरेको छ । कलाकारले मात्र होइन अरु धेरै ट्याटु सौखिनहरुले आफ्नो शरिरको बिभिन्न ठाउँहरुमा पनि खोप्ने गरेका छन् ।’ सूर्य, ड्रागन, स्वतन्त्रता, बाघ, सिंह वा अनेक आकृतिका ट्याटु खोप्नका लागि अनुरोध हुने गरेको छ ।

 

ट्याटु विश्वबजारमा १५ औं शताव्दी देखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिकालगायत युरोपियन मुलुकहरूले यसलाई प्रचलनमा ल्याएका हुन् ।जापानले खासगरी सैनिकहरूलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि र आफ्नो निकट साथीहरुको पहिचानको लागि ट्याटु खोप्ने प्रचलन थियो । तर अहिले आधुनिक विश्वमा आउँदा ट्याटु ख्याती प्राप्त फेसन बनिसकेको छ ।

 

पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ ? जानि राख्नुस् यी कुरा, सेक्सको यो नयाँ तरिका

 

आजभोली सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्ने बेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलो पटकको यौन सम्पर्कका बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा पनि उत्पन्न हुने गर्दछ ।

जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?

कन्डम नभुल्नुस्

तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउ छ ।

 

हरपल रोमान्चित रहनुस्

खासगरी पहिलोपटक सेक्स गर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।

 

धैर्यता अपनाउनुस्

तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

 

लुब्रिकेन्ट्सको प्रयोग

पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ ।

 

पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ ।

 

पार्टनरको चाहना ख्याल राख्नुस्

आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोली विहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ । तर बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ ।

 

यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।

 

समस्या आउन सक्छ

धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् । बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् ।

 

कोही पनि बेस्ट हुँदैन

तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैैन । यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन । सेक्समा कोही पनि उत्कृष्ट हुदैन । नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीवन बन्छ ।

 

सेक्सपछि के गर्ने ?

सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो की सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...