नेपालकै यो ठाउँमा भयो विश्व चकित हुने यस्तो अनौठो घटना !



हाम्रो इकोनोमि

 

एउटै घरका सबैजना सरकारी सेवामा लागेका समाचार समयसमयमा बाहिर आउँने गर्छन ।

के तपाईले सोच्नु भएको छ एउटै घरमा सबै दाजुभाई चोरीमा संलग्न भएका हुन्छन् ।

यो बिचमा उपत्यकामा चोरी तथा ठगीका घटनाहरु एक पछि अर्को गर्दै लगतार बढ्दै गएका छन् ।

यो बिचमा एकै परिवारका चार भाइ चोरीमा संलग्न रहेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।

उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् ।

उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् ।

परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको बताए ।

उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो ।

जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् ।

एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् ।

उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’

यो घटना आफैंमा चकित पार्ने घटना होकी एकै परिवारमा सबै दाजुभाई चोरी पेशामा संलग्न रहेका छन्

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...