युवती बलात्कार गर्न खोज्ने खानेपानीका हाकीम प्रहरी नियन्त्रणमा



हाम्रो इकोनोमि

 

युबती बलात्कार गर्न खोज्ने खानेपानीका हाकिम पक्राउ परेका छन् ।

श्रीमति नभएको मौकामा क्वाटरमा बोलाएर युवतिलाई बलात्कार गर्न खोज्ने प्रजापति दाहाल पक्राउ परेका हुन् ।

दाहाल भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक भएको जनाइएको छ ।

दाहालले मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

युवतीले प्रहरीमा उजुरी दिएपछि दाहाल पक्राउ परेका हुन् ।

दाहालले श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएर बलात्कार गर्न खोजेका थिए तर युवतीले भागेर ज्यान जोगाउन सफल भईन् ।

भाग्ने क्रममा युवतीको खुट्टासमेत मर्किएको प्रहरीले जनाएको छ ।

दाहालले बलात्कार गर्नका लागि युवती चढेर आएको स्कुटर र मोवाइल समेत जफत गरेर राखेका थिए ।

त्यसपछि राति नै युवती अटो चढेर भागेकी थिइन । दाहाल अहिले प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रहरीले घटनालाई लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...