सारा अली खानविरुद्ध मुद्दा दर्ता



हाम्रो इकोनोमि

 

बलिउड नायक सेफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् ।

हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि उनी समस्यामा परेकी हुन् ।

उक्त भिडियोमा देखिएअनुसार सारा नायक कार्तिक आर्यनसँग बाइकमा बसेकी छिन् र उनले हेलमेल लगाएकी छैनन् । भारतीय कानून अनुसार बाइक चलाउने र सवार दुबैले हेलमेल लगाउनुपर्छ ।

हेलमेट नलगाएका कारण सारालाई सोसल मिडियामा ट्रोल गरिएको छ । यो मामला यति चर्चित बन्यो कि यो पुलिससम्म पुग्यो ।

साराविरुद्ध पुलिसमा मुद्दा दर्ता गरिएको छ ।दिल्ली पुलिसले मंगलबार दिल्लीको सडकमा साराले बाइकमा हेलमेट बिना घुमेको जवाफ मागेको बताइएको छ ।

मिडिया रिपोर्टलाई मान्ने हो भने एक वरिष्ठ पुलिस अधिकारीले घटनासँग जोडिएका सबै तथ्य पाएपछि र त्यो पुष्टि भएपछि साराविरुद्ध ‘मोटर भेइकल एक्ट’ अनुसार एक्सन लिइने जानकारी दिएका छन् ।

स्मरण रहोस्, जब साराको भिडियो सार्वजनिक भएको थियो तब मानिसहरुले उनलाई ट्रोल गर्दै दिल्ली पुलिसलाई पनि ट्याग गरेको थियो ।

रोड सेफ्टी नियम तोडेका कारण साराको निकै आलोचना भयो ।

यो भिडियो दिल्लीमा इम्तियाज अलीको आउँदो फिल्मको सुटिङको हो ।

यद्यपि, यो पूरा विवादबारे साराको कुनै प्रतिक्रिया आएको छैन । यो समाचार एजेन्सीबाट साभार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...