विश्वबाटै लोप हुन थालेको कृष्णसारको सङ्ख्या नेपालमा भने बढ्दै



हाम्रो इकोनोमि
 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ ।

कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ ।

वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति बर्ष वृद्धि हुदै जान थालेको हो ।

निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार यसवर्ष कृष्णसारका वयस्क भाले २४, पोथी २७, अर्ध वयस्क भाले ४, पोथी चार र एक हप्तादेखि पाँच महिनासम्मका बच्चाको सङ्ख्या ३१ रहेको छ ।

सन् २०१७ मा कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले ८, पोथी दुई र एक हप्तादेखि पाँच महीनासम्मकाको सङ्ख्या १६ रहेको थियो ।

सन् २०१६ मा कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै थियो । सोमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको थियो ।

वि।सं २०६९ असोजमा नेपालगञ्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुरमा स्थानान्तरण गरिएको थियो ।

कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलब्ध गराइँदै आएको छ । अतिरिक्त खानाको व्यवस्थाका कारण कृष्णसारको सङ«ख्या बढेको अधिकृत चौधरीले बताए ।

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन् । संरक्षित क्षेत्रभित्र कृष्णसारलाई खानाको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ ।

निकुञ्जको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउन २५ हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार ९फेन्स वायर० जडान गरिएको छ ।

चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चौधरीले बताए । उनका अनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत् छाडिने गरिएकाले बाह्य जनाबर त्यस क्षेत्रमा जान डराउने गर्दछन् ।

पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा निकुञ्ज कार्यालयले ग्राभेल गरेको छ भने कृष्णसारलाई हेर्न मचानको समेत व्यवस्था गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनाश र चोरी शिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ ।

नेपालमा कृष्णसार सबैभन्दा बढी झण्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ । घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङको हुन्छ । यसले ६/६ महिनामा बच्चा जन्माउने गर्दछ । वर्षमा अन्य जनावर जस्तो कृष्णसारको सिङ्ग झर्दैन । वयस्क नभएसम्म भाले र पोथीको रङखैरो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...