५ दिनदेखि सरकारी अस्पताल ठप्प



हाम्रो इकोनोमि

 

सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको पहल भएको छैन । ‘हामी जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार छौं,’ सरकारी चिकित्सक संघ (गोडान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘सरकारले समस्या समाधानको पहल गरेको छैन ।’

 

सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् ।

 

उनीहरू अवैज्ञानिक र असमान ढंगले समायोजन गरेको, स्थानीय तहमा कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरिएको, चिकित्सकको अध्ययन वृत्ति–विकासमा अप्रत्यक्ष अवरोध गरेको जस्ता कारण देखाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघले मंगलबार सरकारी चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्केन । ‘उपप्रधानमन्त्रीले समायोजनको त्रुटि सच्याउन तयार रहेको बताए पनि लिखित रूपमा माग्दा दिन मिल्दैन भन्नुभयो,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘उहाँले आन्दोलन नछाडे कारबाही हुने चेतावनी दिनुभयो ।’

चिकित्सक संघका पदाधिकारीले समस्या समाधान नखोजी कारबाहीमा गए सबै चिकित्सक आन्दोलित हुने चेतावनी दिए । आठौं र सोभन्दा माथिल्लो तहमा कार्यरत चिकित्सकलाई संघमा पुल दरबन्दी सिर्जना गरी समायोजन गरे समाधान हुन सक्नेसरकारी चिकित्सकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...