अष्ट्रेलिया जान नक्कली बिहे गरेर भाग्नै लाग्दा नायक पक्राउ, हेर्नुहोस भिडियो 



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाको सिड्नीमा लामो समय देखी बस्दै आएका युबाको टिमले बनाएको चलचित्र ‘कागजपत्र’को चैत्र ८ गतेदेखि प्रर्दशनमा छ । अपिल विष्टको निर्देशन रहेको चलचित्र ‘कागजपत्र’मा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ ।

 

चलचित्रमा अस्ट्रेलिया जानको लागी गरिएको नक्कली बिहे देखि उमेरको अन्तर लगायतको कुरालाई देखाइएको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन एक जग्गा दलालीको भूमिकामा देखिएका छन् भने नायिका शिल्पा मास्के र कलाकार भोला सापकोटा विदेश जानको लागी नक्कली विवाह गरेको देखाइको छ ।

 

चलचित्रमा नाजिर, शिल्पा र भोलाको साथमा सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् ।

 

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायाङ्कन, वसन्त सापकोटा, सङ्गीत सापकोटा, हर्कुलस बस्नेतको सङ्गीत छ ।

 

यस्तो छ भिडियो 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...