श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनिबाट केटाको आवाज आएपछि हेर्दा



हाम्रो इकोनोमि

श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए ।

उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको भेट्टाए ।

बेडरुममा श्रीमतीका प्रेमी भेट्टाएपछि उनी रिसले आगो भए ।

उनले प्रेमीलाई त्यहीँ मरणासन्न हुनेगरी कुटे ।

हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रेमीलाई एउटा कोठामा थुनिदिए ।भारतको बिहार कटिहार जिल्लामा यस्तो विचित्रको घटना भएको हो ।

मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघिदेखि फरिदाको गाउँकै मोहम्मद मासूम नामका युवकसँग प्रेम सम्बन्ध चलिरहेको बताइएको छ ।

मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आपत्तिजनक हालतमा भेट्टाएका थिए ।

त्यतिबेला उनले अबका दिनमा यस्तो नगर्ने चेतावनी दिएर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे ।

मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अर्कै कोठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् ।

श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रेमीलाई घरमै बोलाउँथिन् । मंगलबार पनि यस्तै भएको थियो । फरिदासँग भेट्न उनका प्रेमी मासूम उनको बेडरुममै पुगेका थिए ।

त्यही बेला उनका श्रीमान्ले ढोका ढक्ढक्याए । डराएका मासुम बेडमुनि लुके । तर मंसुरलाई निद्रा लागेन ।

त्यही कारण बेडमुनि सुतेका मासूम पनि भाग्न पाएनन् । घटनापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...