१३ करोडभन्दा बढी पटक हेरिएको यो गीत, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्यो (भिडियो सहित)



हाम्रो इकोनोमि

 

गीत नबुझेपनि अत्याधिक चर्चामा रहेको थियो, ‘ग्यङनम स्टाइल’ ।

दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको उक्त गीत युट्युबमा सर्वाधिक हेरियो र सुनियो ।१३ करोडभन्दा बढी पटक हेरिएको यो गीत, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्यो (भिडियो सहित)

जसले सबैभन्दा बढी पटक हेरिने गीतको रेकर्ड बनायो ।

यसैबीच, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्दै अर्को दक्षिण कोरियाई पप ब्यान्डको गीत सर्वाधिक हेरिने गीतमा पर्न सफल भएको छ ।

‘ब्लाकपिंक’ नामक ब्यान्डको ‘किल दिस् लभ’लाई अहिलेसम्म सर्वाधिक १३ करोड २० लाख ६४ हजार ७ सय एक पटक हेरिएको छ ।

उक्त गीतले २४ घण्टामा सबैभन्दा बढी पटक हेएिको अरियना ग्रान्देको ‘थ्यांकयु’को रेकर्ड पनि तोड्न सफल भएको छ ।

सन् २०१६ मा स्थापित भएको ब्यान्ड हो, ब्याल्याकपिंक ।

यो ब्यान्डका सम्पूर्ण सदस्य युवतीहरु छन् । यसमा जीसू, जेनी, रोज र लिसा सम्मिलित छन् ।

स ब्यान्डले सेप्टेम्बर २०१६ मा स्क्वायर वन नामको आफ्नो पहिलो एल्बम जारी गरेको थियो ।

यो एल्बम कोरियामा एकदमै रुचाइएको थियो ।

सन् २०१८ मा यस ब्यान्डले ‘डु डु डु डु’ गीत सार्वजनिक गरेको थियो, जो दक्षिण कोरियामा युट्युबमा सर्वाधिक हेरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...