बिहेपछि यस्तो अवस्थामा भेटिइन् मुकेश अम्बानीकी छोरी ईशा



हाम्रो इकोनोमि

 

 

बलिउडका धेरैजसो सेलिब्रटीका पहिरनको डिजाइन गर्ने फेशन डिजाइनर सब्यासाची मुखर्जीको उद्योगले २० वर्ष पूरा गरेको छ ।

बलिउडका प्रिय डिजाइनर सब्यासाचीले आफ्नो उद्योगले २० वर्ष पूरा गरेको अवसरमा शनिबार राति पार्टी दिएका थिए ।

उक्त पार्टीमा बलिउडका जान्ह्वी कपूर, तारा सुतारिया, मानुषी छिल्लर, अनन्या पाण्डे, फरहान अख्तर, शिबानी दान्डेकर जस्ता कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यसका साथै उक्त पार्टीमा मुकेश अम्बानीकी छोरी ईशा अम्बानी पनि उपस्थित थिइन् ।

केहि समय अगाडि विवाह बन्धनमा बाँधिएकी ईशा निकै सुन्दर पहिरनमा पार्टीमा उपस्थित भएकी थिइन् ।

सब्यसाचीको सिग्नेचर बेल्टले उनको साडीलाई ग्ल्यामर देखाएको थियो । उनी हल्का मेकअपमा थिइन् ।

उनले सुन्दर झुम्का लगाएकी थिइन् ।

हल्का कर्ली कपाललाई खुल्ला छोडेकी थिइन् । सब्यसाची ईशाका प्रिय फेशन डिजाइनर हुन् ।

गत डिसेम्बरमा आनन्द पीरामिलसँग बिहे गरेकी ईशाले बिहेको दिन सन्दीप खोसलाको डिजाइनर लेहेङगा लगाएकी थिइन् ।

भने, रिसेप्सनमा सब्यसाचीका वेलवेट लेहेङ्गा लगाएकी थिइन् ।

बिहेपछि ईशाले सहभागिता जनाएको यो पहिलो कार्यक्रम हो ।

यो समाचार एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...