कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?



हाम्रो इकोनोमि

 

साधारणतया यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भनिन्छ। यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको योनीको मुखमा टाँसिएर रहेको हुन्छ ।

यसले योनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुँदैन ।

समान्यतया जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ ।

जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।

योनीद्वारको आकार र बनावट महिलाहरुमा फरक–फरक हुने भएकाले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक–फरक हुन्छ ।

तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुँदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पहिलो यौन सम्पर्कमा पनि च्यातिदैन ।

कति पनि रगत नआउन सक्छ । यौन तथा प्रजनन् स्वास्थ्यविद् एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोट पटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ । डा. कार्की भन्छन्–‘योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होइन भन्नु एकदमै गलत हो ।’

पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले समाजमा कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो ।

यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ ।

कानूनले समेत २० वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । पढे–लेखेको समाजमा यी कुरा आफै हराएर गईरहेको छ ।

तर अहिले पनि ग्रामीण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ ।

कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउँछन् ।

तर, यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...