यस्तो छ बारा–पर्सा हावाहुरी पीडितको दयनीय अवस्था, एउटा झूलमा रात काट्नुपर्ने बाध्यता



हाम्रो इकोनोमि

 

गत आइतबार साँझ खाना पकाएर खाने बेला आएको हावाहुरी र भुमरीले बारा र पर्सामा वितण्डा मच्चायो ।

करिब तीन हजार घर क्षतिग्रस्त बने । पूर्णरूपमा १४ सय र आंशिक रूपमा १६ सय बढी क्षतिग्रस्त बनेका छन् ।

हावाहुरीले उडाएर स्थानीयको लत्ताकपडा कता पु¥यायो अत्तोपत्तो छैन । खानेकुरा केही छैन ।

बस्ने बाससमेत छैन । संघीय सरकार, प्रदेश सरकार, विभिन्न राजनीतिक दल, संघसंस्था, एनजीओ–आईएनजीओ, व्यक्तिगत रूपमा पनि पीडितहरूलाई राहत दिने र घोषणा गर्ने क्रम जारी छ ।

तर, बारामा देखिएको यो दृश्य (तस्बिर) ले पीडितहरू कुन अवस्थामा आफ्नो दैनिकी गुजारिहेका छन् भन्ने छर्लंग हुन्छ ।

वीरगन्जका पत्रकार भूषण यादवले घटनास्थलमा बिहान खिचेर फेसबुकमा राखेको तस्बिरले कसको मन रुँदैन र ?

तस्बिरमा पाँच–सातवटा झूलभित्र विस्तारा लगाइएको छ । चिसो भुइँमा एउटा पातलो पालमाथि तन्ना ओछ्याइएको छ ।

ओढ्ने पनि गतिलो छैन । झूलबाट शीत सिधै भित्र पस्छ । अझ पानी परेका बेला त झूलको कुनै महत्व नै हुँदैन ।

पीडितहरू यसरी बाँचिरहे पनि उनीहरूको नाममा राहत संकलन गर्ने जमात भने बढेको बढ्यै छ ।

अहिले त्यहाँ वास्तविक पीडितले भन्दा पनि गैरपीडितले राहत बुझ्न थालेको दृश्य देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...