नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि, कांग्रेसविरूद्ध व्यवसायीको समूह मैदानमा



हाम्रो इकोनोमि

 

नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि हुँदैछ ।

व्यवसायीको चुनाव भएपनि राजनीतिक रूपमा चर्चा र चित्रण गर्ने परिपाटीले यसपटक अलि बढी नै चर्चाको विषय बनेको छ ।

व्यवसायीको चुनावमा नेपाली कांग्रेसले संस्थागत रूपमै कांग्रेसको लेटरप्याडमा उम्मेदवार तोकेर निर्वाचनमा होमिएको छ भने व्यवसायीहरूले प्रगतिशिल पक्षधरहरूलाई समेटेर प्यानल बनाएको छ ।

व्यवसायीहरूको समूहलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले साथ दिएको छ ।

कांग्रेसले उद्योग वाणिज्य संघमा एक कार्यकाल असफल नेतृत्व गरेका ताराबहादुर कार्कीलाइ मैदानामा उतारेको छ भने प्रगतिशिल व्यवसायिक समूहको नाममा एकै ठाउँमा उभिएका व्यवसायीहरूले नुवाकोटका सहकारीकर्म रमेश श्रेष्ठलाइ मैदानमा उतारेकोछ ।

संघको १६ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

सहमतिको आधारमा नेतृत्व चयन गर्ने पूर्व सहमति विथोलिएपछि संघको नेतृत्व हात पार्ने दाउमा दुवै समूह चुनावी रणनितिमा लागेका हुन् ।

मनोनयन पत्र दर्ता गरेसँगै दुवै प्यानल मतदाताको मन जितेर आफ्नोृ पक्षमा मत लिनको लागि घरदैलो अभियानमा लागेका छन् ।

अघिल्लो निर्वाचनमा कार्कीसँग झिनो मतान्तरले पराजित भएका श्रेष्ठ फेरी टक्कर दिन आएपछि कार्की प्यालन झस्किएको छ भने श्रेष्ठ प्यालन पनि अघिल्लो पटकको आफ्नो मत सुरक्षित गर्दै कार्की टिमलाई पराजित गराउने मत पाइँदैन कि भन्ने दुविधामा रहेको छ ।

अघिल्लो अधिबेशनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ काकीँसँग ७ मत अन्तरले पराजित भएका थिए । अघिल्लो निर्वाचनमा प्रगतीशील विचारका पाँच जना निर्वा्चित भएका थिए ।

संघको दशौं अधिवेशनले नुवाकोट उद्योग वाणिज्य संघमा ८ पदाधिकारीसहित २३ सदस्यीय कार्य समितिको चयन निर्वाचनद्वारा गर्नेछ । बरिष्ठ उपाध्यक्षमा कार्की प्यानलबाट अहिलेका कोषाध्यक्ष गीता अमात्य र श्रेष्ठ प्यानलबाट पूर्व महासचिब इन्जिनियर रामकृष्ण राजभण्डारीवीच प्रतिष्पर्धा हुनेछ । यस्तै, प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट उसनमान श्रेष्ठवीच प्रष्तिपर्धा हुनेछ । द्वितीय उपाध्यक्षमा अहिलेका प्रवक्ता कार्की प्यानलका सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट लिडर श्रेष्ठ बिच प्रतिष्पर्धा हुनेछ ।

श्रेष्ठ प्यानलबाट महासचिब दिपक कायस्थ र कार्की प्यानलबाट कृष्ण अधिकारी बिचमा प्रतिष्पर्धा हुनेछ । यस्तै, सचिवमा कार्की प्यानलका उपेन्द बुढाथोकी र श्रेष्ठ प्यानलबाट राजु बोगटी, कोषाध्यक्ष पदमा कार्कीको टिमबाट दिनेश श्रेष्ठ र श्रेष्ठको टिमबाट राजाराम अधिकारीवीच प्रतिष्पर्धा हुने छ । प्रवक्तामा कार्की प्यानलका सबिनराज भण्डारी र श्रेष्ठ प्यानलका श्याम सुन्दर श्रेष्ठको प्रतिष्पर्धा हुनेछ ।
श्रेष्ठ प्यानलबाट पवन नेपाल, सञ्जिब थपलिया, रामधन ढकाल, दिपक तिमल्सिना, नारायण पौडेल, ईश्वर पौडेल, सेल्बोन तामाङ, श्यामकुमार कुँबर, बिनयप्रसाद लामिछाने र श्यामसुन्दर कुँबर सदस्य पदका उम्मेदवार रहेका छन् । महिला सदस्यहरुमा लक्ष्मीकुमारी प्रधान, बिष्णुमाया डंगोल र शर्मिला अर्यालको उम्मेदवारी परेको छ ।

बस्तुगत सदस्यहरुमा श्रेष्ठ प्यानलबाट बुद्धिप्रसाद रिजाल र प्रकाश भण्डारीको उम्मेदवारी परेको छ । कार्की प्यानलबाट सदस्यहरुमा बिष्णु प्याकुरेल, सुमन भण्डारी, मधुसुदन थपलिया, गगन लामा, उद्धब पन्थ, लक्ष्मण लामिछाने, सुनिल बज्राचार्य, मेघनाथ घिमिरे, निरोज खड्गी, सरोज श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै, महिला सदस्यहरुमा लिस्ना प्रधान, ज्ञानु गिरी, र अञ्जली श्रेष्ठ रहेका छन् । कार्की प्यानलबाटै बस्तुगत सदस्यमा ध्रुबकुमार रावल र उत्तम ढकालको उम्मेदवारी परेको छ ।

यस अघिको अधिबेशनमा नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका श्रेष्ठ टिम यसपटक पार्टी एकीकरणसँगै नेकपाको तर्फबाट उम्मेदवार बनेपछि जितको सुनिश्चतता बोकेर अघि बढेको छ । भने कार्की प्यालन नेकपाभित्र देखिएको बढ्दो असन्तुष्टि र मतक्रस हुने र संघमा आफू निकटका व्यवसायीहरुको वर्चश्व रहेका कारण आफ्नो प्यानलको जित सुनिश्चित रहेको दावी गर्दै आएको छ ।

तर, जानकारहरु व्यवसायीहरु नेतृत्व चयनमा सक्षम हुने भएकाले यस पटक दुवै प्यानलका योग्य र सक्षम उम्मेदवारहरु विजयी भई मिश्रित पदाधिकारी र सदस्यहरु आउने अनुमान गर्न थालेका छन् । संघको अध्यक्षका दावेदार ताराबहादुर कार्कीलाई संघको नेतृत्व कुशलतापूर्वक निभाउन र व्यवसायिक हकहित स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ भने रमेश श्रेष्ठलाई व्यवसायीमाझ गहिरो सम्वन्ध स्थापित गर्न नसक्ने र भिज्न नसक्ने आरोप लाग्दै आएको छ ।

यस पटकको निर्वाचनमा नेकपाको सिंगो पार्टी श्रेष्ठ प्यालनलाई विजयी गराउन खट्ने र कार्की प्यालनलाई जिताउनको लागि नेपाली कांग्रेसको सिंगो पार्टी नै लाग्ने देखिन्छ । त्यसैले पनि नुवाकोट उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनलाई राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि व्यवसायीहरुको चुनावका कारण नुवाकोटमा छुट्टै तरंग पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस
षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...