विश्वको महंगो सम्वन्ध विच्छेद : प्रेमीकासँगको कर्तुत खुलेपछी पतिबाट ३८ अर्ब रुपैयाको भाग



हाम्रो इकोनोमि

 

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जी अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको

(लगभग ३८ अर्ब नेपाली रुपैयाँ) सम्बन्धविच्छेदका लागि सहमत भएका छन्।

पारपाचुकेपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ।

तर उनको वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग कुनै सम्बन्ध रहने छैन।

उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो। यो अहिलेसम्म पारपाचुकेका लागि गरिएको सबैभन्दा महँगो सहमति हो।

यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच भएको ३.८ बिलियन डलरको (लगभग चार खर्ब २० अर्ब नेपाली रुपैयाँ) थियो। मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन्। उनले आफू ‘एकअर्काको सहयोगमा जेफसँगको विवाहलाई भङ्ग गर्ने प्रक्रिया सकिएकोमा कृतज्ञ भएको’ बताएकी छन्। जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र मक्केन्जीले आफ्नो शेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।

सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नुअगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कर्मचारीमध्येकी थिइन्। अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ। सफल लेखिका ४८ वर्षीय मक्केन्जी सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन्।

पुलिट्जर पुरस्कार प्राप्त गरेकी लेखिका टोनी मोरिसनबाट सिर्जनाल्मक लेखनको पढाइ पूरा गरेकी मक्केन्जीलाई मोरिसनले आफ्नो उत्कृष्टमध्येकी विद्यार्थी रहेको बताएकी थिइन्। अमेरिकी सञ्चारमाध्यमहरूले जेफको फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेमपूर्ण सम्बन्ध रहेको समाचार प्रकाशित गरेका छन्।

सान्चेससँगको व्यक्तिगत सन्देशहरू प्रकाशित गर्दै एक पत्रिकाले जेफको विवाहेतर सम्बन्धको समाचार लेखेपछि उनीहरूले जनवरीमा ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...