सलाम छ साहासी यी महिला गंगालाई जसले परिवारको हातमुख जोड्नैका लागी स्टेयरिङ घुमाउछिन ! शेयर गरि सबैलाई जानकारी दिनुहोस !



हाम्रो इकोनोमि

 

प्रत्येक दिन बिहान ४ बजे घडीको ‘टिरिङ–टिरिङ’ आवाजले गंगालाई निद्राबाट ब्यूँझाउँछ।

उनी हतारहतार उठ्छिन्, र नानीबाबुहरुलाई खाजा तयार गर्नतिर लाग्छिन्।

७ बजेभित्र बिहानको खाना तयार गरिसक्नुपर्छ उनले।

सारा घरधन्दा बिहान ७ बज्न नपाउँदै सकेर उनी गाडीको चाबी लिएर बाहिर निस्कन्छिन्।

अघिल्लो दिन बेलुकै तयार पारेर राखेका खुद्रा सामान बिक्रीका लागि गाडी लिएर कुश्माबजार निस्केकी उनी ९ बजे स्थानीय व्यापार सकेर घर फर्किन्छिन् र आफ्ना नानीबाबुहरुलाई खाना खुवाएर विद्यालय पठाउन भ्याउँछिन्।

फेरि ११ बजेसम्म खानपिन लगायतका काम सकेर उनी बेलुका ४ बजेसम्मका लागि घरबाट निस्किन्छिन्।

गाडी लिएर छिमेकी बजारहरु पातिचौर, डिमुवा, नयाँपुल, बागलुङ, मिलनचोक र कहिलेकाहीँ बेनीसम्म सामान बिक्री गर्न पुग्छिन् उनी।

पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी गंगा सुवेदीको दैनिकी हो यो।

उनले यसरी कार्गो भ्यानको स्टेयरिङ समाउन थालेको ८ महिना बढी भइसक्यो।

महिलाहरुलाई घरभित्र सीमित ठान्नेहरुका लागि गंगा एक उदाहरण बनेकी छन्। परिवारको हातमुख जोड्नैका उनी स्टेयरिङ घुमाउँछिन्।

यस्तो काम गर्ने उनी जिल्लामा पहिलो महिला हुन्।

यसअघि सदरमुकाम कुश्माबजारकै एक महिलाले हाते ट्याक्टर चलाएर जीविकोपार्जन गर्दै आइरहेकी थिइन्।

बिहान चुलोचौकोबाट सुरु भएको गंगाको दैनिकी बेलुकाका भाँडा मस्काउनेदेखि स्टेयरिङ घुमाउनेसम्मको कामले थकित हुन्छ।

‘गाडीको यात्रा त्यसैमाथि दिनभरी बिक्री गरेका सामानको हिसाबकिताब राख्नुपर्ने भएको हुँदा मानसिक बोझ समेत प्रशस्त हुने गरेको छ,’ गंगाले भनिन्।

उसो त उनका श्रीमान्ले समेत गाडीको स्टेयरिङ समाएरै उनीहरुको दैनिकी धान्दै आएका थिए।

श्रीमान्ले परिवारलाई स्टेयरिङकै भरमा पालेकाले उनी समेत सोही पेसामा लाग्न प्रेरित भएको उनको भनाइ छ।

हाल दुवैले बजारका व्यापारीहरुबाट सामान उठाएर आफ्नै गाडीमा बेच्ने गर्छन्। बैंकबाट ऋण लिएर २ वटा गाडी खरिद गरेका छन् उनीहरुले।

श्रीमान् अर्जुन सुवेदी श्रीमतीको कामबाट खुसी छन्। उनले श्रीमतीको साहसकै कारण आफूले ठूलो ऋण लिएर काम गर्ने हिम्मत आएको बताए।

गंगाका श्रीमानले मिनी ट्रकमा सामान बेच्छन् भने गंगाले कार्गो भ्यानमा सामान बेच्छिन्।

‘दिनभरी दुवैको दैनिक उही र उस्तै हुन्छ, बेलुकी म भान्छामा व्यस्त हुन्छु भने उहाँ आम्दानीको हरहिसाब राख्न व्यस्त हुनुहुन्छ,’ उनले भनिन्, ‘साहुको सामान बिक्री गर्छौँ, आएको मुनाफाबाट बैंकको ऋण तिर्ने र परिवार पाल्ने काम गरिरहेका छौं।’

गंगाको दम्पत्तीले स्टेयरिङ समाएकै भरमा हालसालै कुश्माबजारमा ओतलाग्ने घर जोहो गर्न सफल भएको छ।

उनीहरुले आफ्ना छोराछोरीलाई सदरमुकामको अंग्रेजी माध्यमको स्कूलमा पढाउन पनि भ्याइरहेका छन्।

‘उहाँले ड्राइभिङ गरेर कमाएको धनले सिंगो परिवार पाल्न अलिक धौ–धौ भएकाले ममा पनि केही गर्नुपर्छ भन्ने सोच पलायो।

उहाँले गर्न सक्ने काम मैले किन सक्दिनँ? म आफैले आफैलाई निक्कै पटक प्रश्न गरेँ र उहाँकै बाटो पछ्याउने निधो गरेँ।’ उनले भनिन्–‘अब त दुवैको पेशा र बाटो एउटै भएको छ।’

‘श्रीमानले कमाएको आम्दानी घरव्यवहारमा खर्चिएपनि मैले कमाएको आम्दानी बचत हुने गरेको छ।

दिनभरी श्रम गरेरै भएपनि जिन्दगी जसोतसो काटिरहेकै छौँ।

सँगै छौं, खुसी छौं, यसैमा दिनभरीको थकान बिर्सिएकी छु,’ उनले स्टेयरिङमा कुहिनो टेकाउँदै भनिन्।

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...