राजधानीमैं दलित भन्दै गर्भवती महिलामाथि निर्घात कुटपिट



हाम्रो इकोनोमि

 

नेपाली समाजमा अहिले पनि छुवाछुतजस्तो घिनलाग्दो प्रथा कायम रहेको छ । काठमाडौ जस्तो व्यस्त शहर राजधानीमा पनि जातीय विभेद र अपमानका शिकार भएका छन् ।

 

उनीहरु प्राय बाहिरी जिल्लाबाट पढन , रोजगार र विभिन्न कामक लागि आउने दलित समुदायका युवायुवती तथा परिवारहरु बिभेदका शिकार भईरहेका छन । अहिलेको यो युगमा पनि आफ्नो जात लुकाएर बस्नु पर्ने बाध्यता उनीहरुमा छ ।

 

राजधानी काठमाडौंमा दलित भने पछि घरबेटीले कोठा नै नदिने या जात थाहा पाइसके पछि कोठाबाट निकाल्ने,कोठा कै छेउछाउमा बस्ने अन्य समुदायका मानिसले जातीय विभेद र अपमान गर्ने र कुटपिट गर्ने गरेका घटना बढ्दै गएका छन् ।गएको आइतबार ९ महिने सुत्केरी कल्पना सुनार माथी यस्तै निर्घात कुटपिट भएको छ ।

 

तार्केस्वर गाउँपालिका, बुधसिङ नुवाकोट घर भएका कि २८ वर्षीया कल्पना श्रीमान धुर्ब सुनारसँग विगत १ बर्ष देखी काठमाडौंको गोलढुङ्गा,सातधारामा सुनचाँदीको काम गर्दै बसीरहेका छन ।

 

एउटै घर भाडमा बस्ने रिता आले मगर र सन्तोसी आले मगर दुई दिदि बहिनीले सानो जात भन्दै कल्पनालाई निर्घात कुटपिट गरेका हुन् । पीडित कल्पनालाई केहि समय अघि देखी देख्न साथ थुक्ने ,शौचालय एउटै प्रयोग हुदा चप्पल छोइयो भन्ने,दलितले लगाएको चप्पल छि छि भन्ने,थुक्ने,सानो जात कमिनी भनी जातीय विभेद र अपमानका अनेकौँ दुरब्यबहार गर्ने गरीरहेका थिए ।

 

धेरै समय देखि यस्तो व्यवहार गर्दा पनि सहन बाध्य कल्पना सुनारलाई १७ गते आइतबार आले दिदि बहिनीले कल्पना हिडिरहेको बेलामा माथी छतबाट शरीरमा थुक्दा किन थुक्नु भएको भन्दा कामीलाई जे गर्दा पनि हुन्छ भन्दै आफुमाथी कुटपिट भएको पिडित कल्पनाले सुनाइन् ।

 

आईतबार बिहान अन्य भाडामा बस्ने मान्छेहरु र घरबेटि नउठेको मौका छोपी रिता आले मगर र सन्तोसी आले मगर दुईजना दिदि बहिनी मिलेर कल्पना सुनारलाई सानोजात भन्दै निर्घात रुपमा कुटपिट गरेका हुन् ।

 

कुटपिटबाट गम्भिर बनेकि कल्पनाको लातीले पेटमा हान्दा पाठेघरमा रगत जमेको र कानमा थप्पड हान्दा कान सुन्निएर राम्रो सँग सुन्न नसकेको अबस्था रहेको छ । यस्तै, घाँटी र शरीरका अन्य भागमा कुटेर सबै घाउ र निल डाम देखिएको छ । त्यति धेरै मरणासन्य हुने गरी कुटपिट हुदासम्म सबै बेखबर थिए ।

 

कुटपिट गर्ने रुपा र सन्तोसी दिदि बहिनीलाई सोमबार महानगरीय प्रहरी परिसर बालाजुले पक्राउ गरी अनुसन्धान र सोधपुछका लागी अहिले प्रहरी हिरासतमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...