विमान कसरी उड्छ?



हाम्रो इकोनोमि

 

यात्राको सबैभन्दा छिटो माध्यम हो विमान।

दिनहुँ लाखौंले हवाई यात्रा गर्छन्।

शक्तिशाली इन्जिन र विशेष प्रकारले बनाइएको पखेटाहरूले गर्दा विमान उड्न सक्छ।

विमानको शक्तिशाली इन्जिनले यसलाई तीव्र गतिमा अघि बढाउँछ। त्यसैले विमानमा इन्जिनको सबैभन्दा महत्वपूर्ण हुन्छ।

सुरु सुरुका विमानमा एउटा मात्रै इन्जिन हुन्थ्यो। सिंगल इन्जिनका विमान अहिले पनि आकाशमा उडिरहेकै छन् ।

तर, एउटा इन्जिनमा खराबी आयो भने अर्कोले काम गर्न सकोस् भनेर अधिकांश विमानमा एकभन्दा बढी इन्जिन राखिएका हुन्छन्।

प्लेनका पखेटाहरू माथिपट्टि मोडिएको र तलपट्टि सम्म परेका हुन्छन् । यसलाई एरोफ्वायल ९बभचयाष्य०ि भनिन्छ।

एरोफ्–वायलको आकारले गर्दा हावा पखेटाको मुनितिरभन्दा माथितिर छिटो छिटो बहन्छ।

यसले गर्दा हावाको चाप माथि कम तल ज्यादा हुन्छ र प्लेनलाई हावामा तैरन मद्दत मिल्छ। यी वाण चिन्हहरूले हावा कसरी बहन्छन् भन्ने देखाउँछन्।

विमानको पखेटा र पुच्छरमा केही यस्ता संयन्त्र हुन्छन् जसले विमानलाई मोड्न, माथि उकास्न र तल ओराल्न सघाउँछन्।विमानलाई माथितिर उकास्न पाइलटले एलिभेटर ९भभिखबतयच० लाई माथितिर फर्काउँछन्।

एलिभेटर माथिको हावा त्यसमा ठोक्किँदा विमानको पुच्छरतिरको भाग तललितर ठेलिन्छ भने अगाडिपट्टिको चुच्चो परेको भाग माथितिर उठ्छ र प्लेन अकासिन्छ।

विमानलाई तलतर्फ ओराल्न पाइलटले एलिभेटर तलतिरै फर्काउँछन्।

तलतिर फर्किएको एलिभेटरमा हावाको चाप पर्दा पुच्छरपट्टिको भाग माथितिर ठेलिन्छ र विमानको अगाडिको भाग तलतिर झुक्छ।

विमानलाई दायाँ बायाँ मोड्न पाइलटले एलेरोन ९बष्भिचयल० र रडर ९चगममभच० चलाउँछन्। रडरलाई दायाँ बायाँ मोड्दा प्लेन पनि मोडिन्छ ।

एउटा एलेरोन माथि र एउटा तल पार्दा पनि प्लेन मोडिन्छ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...