काठमाडौंमा बाइक चालकलाई नयाँ नियम, ‘मोटरसाइकल बक्स’ सुरु हुँदै



हाम्रो इकोनोमि

 

ट्राफिक नियन्त्रणका लागि मोटरसाइकल बक्स योजना ल्याउने भएको छ ।

सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र सञ्चालनमा ल्याउने तयारीका साथ जाइकाले मोटरसाइकल बक्सको अध्ययन गरिरहेको छ ।

सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दिप बाराहीले जाइकाले उक्त प्रोजेक्ट अध्ययन अन्तिम चरणमा पुराइसकेको र प्रोजेक्ट हस्तान्त्रण गर्न मात्र बाँकी रहेको बताए । Not found

उनकाअनुसार सो योजना सुरुको चरणमा नयाँ बानेश्वरमा पाइलट प्रोजेक्टको रुपमा कार्यन्वयनमा ल्याइने छ ।

सो ठाउँमा मोटरसाइकल बक्स प्रोजेक्ट सफल भएमा अन्य स्थानमा त्यसलाई कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

‘जाइकाले प्रोजेक्ट हस्तान्त्रण गर्नासाथ हामी टेन्डरमा जान्छौँ, चैत्र भित्र प्रोजेक्ट हस्तान्त्रण भयो भने हामी जेठसम्ममा यसलाई कार्यान्वयनमा ल्याउने छौँ,’ बाराहीले मेरोअटोसँग भने ।

उनकाअनुसार मोटरसाइकल बक्स सुरु भएपछि मोटरसाइकललाई छुट्टै लेन छुट्टाइने छ, जहाँ मोटरसाइकल बाहेक अन्य सवारी रोक्न पाइने छैन ।

‘ट्राफिक लाइट अगाडि सवारी रोक्दा सुरुको लाइनमा मोटरसाइकल बक्स बनाइएको ठाउँमा मोटरसाइकल मात्र रोक्न पाइने छ, त्यसपछि अन्य  सवारी रोकिने छ,’ बाराहीले भने ‘यसो गर्दा एउटै ठाउँमा धेरै बाइक अट्ने छन् र जथाभाबी छिर्न पाउने छैनन् ।’

उनले केन्द्रको स्विकृती पाउना साथ यस योजनालाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...