पोखराबाट १० करोड भन्दा बढी ठगी गरेर जसुधा पौडेल फरार : हेरौं र सेयर गरी सबैलाई सचेत गरौं



हाम्रो इकोनोमि

 

पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् ।

स्थानिय गणेशटोल ४ पोखराकी जसुधा पौडेलले स्थानीय र सहकारी समेतको गरी उक्त परिमाणको रकम ठगी गरी फरार भएको बताईएको छ ।

केही व्यक्तिसँग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघिदेखि उनका आफन्त सहितका साथीहरुसंग २० लाखदेखि २ करोडभन्दा बढी रकम लिएको श्रोतले बताएको छ ।

स्थानिय बासिन्दा र सहकारीबाट लाखौं रुपैया सापटी उलएपनि उनी सम्पर्क विहिन हुने गरेको पीडितहरुले बताएका छन् ।

पौडेलले तेज जेनिया कम्पनीको समेत करिब एक करोड २० लाख रुपैयाँ हिनामिना भएको बताईएको छ ।

उक्त कम्पनीको बिजनेस पार्टनर समेत भएकी पौडेलले अन्य संचालकहरुसंग विभिन्न बाहानामा रकम संकलन गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको जनाईएको छ । धेरैतिर लगानी गरेर प्रतिफल नआएपछि उनी बेपत्ता भएको हुनसक्ने पीडितहरु बताउछन् । चौतर्फी गुनासो आएपनि हालसम्म उनी विरुद्ध कसैले पनि उजुरी भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...