३५ हजार घुस सहित वन कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ ।

सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए ।

पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो ।

सुन्दर हरैचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान व्यापक हुँदै आएको छ ।

उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइने तयारी भएको छ

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...