हाइसमा अचानक आगो लाग्यो ठुलो क्षतिको आशंका !
रोकिराखेको सवारीमा अचानक आगालागी भएको छ । कैलाली अत्तरिया चोकमा रोकिराखेको गाडीमा आगो लाग्दा उक्त हाइस पुर्ण रुपमा जलेको बताइएको छ ।
सामाजिक सञ्जालमा एउटा भिडियो एकदमै भाइरल भइरहेको छ । महेन्द्रनगर देखि नेपालगञ्जतर्फ गइरहेको नमस्ते शुक्लाफाटा यातायातको बा४ख५८६८ नम्बरको हाइसमा आगो लागेको हो ।

गाडीमा कुनै विद्युतिय तार सट भएको हुनाले आगलाी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आगलागी पछि समयमा दमकल पुग्न नसक्दा गाडी पुर्ण रुपमा जलेको छ । गाडी चलिरहेको अवस्थामा चौराहमा रोकेर ३ यात्रु थप्न खोज्दा यस्तो दुर्घटना भएको हो । आगलागी हुने वित्तिकै सबै यात्रु झर्न सफल भएको हुँदा कुनै मानविय क्षति भने हुन पाएको छैन ।

