सडक दुर्घटनामा १८ जनाको मृत्यु दर्जन बढी घाइते !



हाम्रो इकोनोमि

 

सडक दुर्घटनामा १८ जनाको ज्यान गएको छ ।

ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ ।

ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।

सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ ।

गाडीले नै किचेर मारिएका एक स्थानीय नेताका विषयमा चर्चा गर्दै गरेका एक समूहमाथि ट्रकको लाइट पनि नबालिकन आएको एक ट्रक चालकले सर्वसाधारणलाई किचेर भागेका बताइएको छ ।

स्थानीय नेता र सर्वसाधारणलाई किचेर मार्ने दुबै चालक भागेका र खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

करिब ६८ जनसङ्ख्या रहेका यस शहरमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् ।

त्यस दुर्घटनामा करिब १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पताल पु¥याइएको बताइएको छ ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ ।

मध्य अमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटनाहरु सामान्यजस्तै भएका छन् ।

सवारी चालकहरुले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन् ।

यहाँका सार्वजनिक सवारी चालकहरुले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन् ।

पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...