आज शताब्दिकै यति पवित्र दिन, साँझदेखि बिहानसम्म यी कार्य चोटपटक रोगब्याधीबाट मुक्त



हाम्रो इकोनोमि

 

आज धार्मिक रुपमा अत्यन्तै महत्वपुर्ण दिन पर्न गएको छ । सनातन हिन्दू धर्ममा प्रकृतिका शाश्वत पक्षमा आधारित चाडपर्व र व्रत सम्पादन गर्ने पद्धति रहीआएको छ ।

हुरीबतास र वर्षातको मौसममा देखिने विभिन्न प्राकृतिक प्रकोप र रोगव्याधिबाट टाढा रहने उद्देश्यले भगवती शीतलाको भक्ति र आराधना गरी शितलाष्टमी व्रत गर्ने शास्त्रीय विधान छ ।

यो पर्वका लागि आज शताब्दिकै अति उत्तम दिन भएको उल्लेख गरिएको छ । बार र तिथिको गणकले यो शताब्दिकै पवित्र दिन भएको खुलाइएको छ ।

यो आराधना खासगरी वसन्त र गृष्म ऋतुका चैत्र, बैशाख, ज्येष्ठ र असार महिनामा गर्ने प्रचलन छ ।

ती महिनामा पर्ने प्रत्येक कृष्ण पक्षको अष्टमी तिथिका दिन शीतला भगवतीलाई प्रसन्न तुल्याई प्राकृतिक प्रकोप र रोगव्याधिबाट छुटकारा दिलाउन बिन्ती बिसाउने परम्परा रही आएको छ ।

त्यसैले यस व्रतलाई शीतलाष्टमी भन्ने गरिन्छ । बासी खानेकुरा चढाउने र बासी खानेकुरा प्रसादका रूपमा ग्रहण गरी मनाइने हुँदा यस व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाडौं उपत्यकामा बासेरा पनि भन्ने गरिन्छ ।

यस व्रतलाई सम्पादन गर्नाले व्रतालुका घरपरिवारमा अग्निप्रकोप र ज्वरो एवं घाउखटिराजन्य रोगको प्रकोपबाट मुक्तिप्राप्त हुन्छ भन्ने विश्वास लिइन्छ ।

यस दिनको व्रत सम्पादन गर्न प्रातस्कालमा स्नानादिबाट निवृत्त भई श्रद्धा९भक्तिपूर्वक विधिविधान सहित भगवती शीतला देवीको पूजा गर्नुपर्दछ ।

पूजा सम्पादन गर्न एकदिन अघि नै तैयार गरिएको प्रसाद र नैवेद्य माता शीतलालाई भोग लगाउने चलन छ ।

शीतलताकी प्रतिमूर्ति माता शीतलाको आराधना र व्रत सम्पादन गर्ने व्यक्तिका घरमा उक्त दिन चूलो बाल्न प्रतिबन्ध रहेको मानिन्छ र त्यसदिन कुनै पनि खानेकुरा पकाउन र तुल्याउन निषेधित मानिन्छ ।

त्यसैले पूजा सम्पन्न गर्न समेत बासी खानेकुरालाई नैवेद्यका रूपमा भगवतीलाई अर्पण गर्ने गरिएको हो । भगवतीलाई नैवेद्य अर्पण गरेपछि घरका सबै सदस्य उपस्थित भएर भगवती शीतलासँग परिवारका सबै सदस्यको आरोग्य र सुस्वास्थ्यको कामना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...