हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू अमेरिका र भारतमा एकैसाथ सार्वजनिक हुने, यस्ता छन् विशेषता



हाम्रो इकोनोमि

 

हुन्डाई मोटर्सले उत्पादन गरेको कम्प्याक्ट एसयूभीको नाम भेन्यू राखेको छ । कम्पनीले यो कारको उत्पादन क्यूएक्सआइ कोडमा गरेको थियो ।

हुन्डाईले यसलाई ‘कनेक्टेड एसयूभी’ का रुपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

हुन्डाई भेन्यूमा प्रयोग भएको टेलिमेटिक टेक्नोलोजीका कारण पनि यसलाई कनेक्टेड भनिएको हो ।

हुन्डाईले भेन्यू भारतीय बजारमा मेमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

तर यो कार हुन्डाईले अप्रिल १७ मा न्यू योर्क इन्टरनेशनल अटो शोमा सार्वजनिक गर्ने भएको छ ।

भारतीयहरुले यो कारलाई वेवी क्रेटाको संग्या समेत दिएका छन् ।

तर सोही दिन भारतीय बजारमा समेत हुन्डाईले सोकेस गर्ने भएको छ ।

कम्पनीले भारतीय बजारलाई लक्षित गरि ल्याएको उक्त कम्प्याक्ट कार भारतमा समेत सोकेस गर्न लागिएको हो ।

भेन्यूको डिजाइन

हुन्डाईले नयाँ कम्प्याक्स एसभूभी भेन्यूको डिजाइन पनि क्रेटाबाट प्रभावित भएको छ । यो कारमा स्प्लिट डीएलआर र हेडल्याम्प रहेको छ जुन कोना र सान्टाफेबाट प्रभावित रहेको छ । एलइडी टेल ल्याम्प समेत रहेको छ ।

इन्जिन

हुन्डाई भेन्यू तीन इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.४ लिटर पेट्रोल इन्जिनले ९९ बीएचपी पावर दिन्छ । डिजेल इन्जिनयुक्त भेन्यू पनि १.४ लिटरमै उपलब्ध हुनेछ जसले ८९ बीएचपी पावर दिन्छ । त्यस्तै १.० लिटर ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनमा रहेको छ ।

इन्टेरियर तथा विशेषता

नयाँ कम्प्याक्ट एसयूभी भेन्यूको इन्टेरियर कालो रंगको छ  । यो कारमा सेगमेन्टमै पहिलो पटक भेन्टिलेटेड प्रन्ट सिट रहेको छ । एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्ने ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम यो कारमा छ । भेन्यूमा सनरुफ समेत रहेको छ ।

सुरक्षा र मूल्य

यो कारमा डियूल फ्रन्ट एयरब्याग, एबीएस वीथ इबीडी र रेयर पार्किङ सेन्सर उपलब्ध रहेको छ । यो कारको मूल्य भारतमा ७ देखि १० लाख भारु पर्ने प्रासम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...