हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू अमेरिका र भारतमा एकैसाथ सार्वजनिक हुने, यस्ता छन् विशेषता
हुन्डाई मोटर्सले उत्पादन गरेको कम्प्याक्ट एसयूभीको नाम भेन्यू राखेको छ । कम्पनीले यो कारको उत्पादन क्यूएक्सआइ कोडमा गरेको थियो ।
हुन्डाईले यसलाई ‘कनेक्टेड एसयूभी’ का रुपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
हुन्डाई भेन्यूमा प्रयोग भएको टेलिमेटिक टेक्नोलोजीका कारण पनि यसलाई कनेक्टेड भनिएको हो ।
हुन्डाईले भेन्यू भारतीय बजारमा मेमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर यो कार हुन्डाईले अप्रिल १७ मा न्यू योर्क इन्टरनेशनल अटो शोमा सार्वजनिक गर्ने भएको छ ।
भारतीयहरुले यो कारलाई वेवी क्रेटाको संग्या समेत दिएका छन् ।
तर सोही दिन भारतीय बजारमा समेत हुन्डाईले सोकेस गर्ने भएको छ ।
कम्पनीले भारतीय बजारलाई लक्षित गरि ल्याएको उक्त कम्प्याक्ट कार भारतमा समेत सोकेस गर्न लागिएको हो ।
भेन्यूको डिजाइन
हुन्डाईले नयाँ कम्प्याक्स एसभूभी भेन्यूको डिजाइन पनि क्रेटाबाट प्रभावित भएको छ । यो कारमा स्प्लिट डीएलआर र हेडल्याम्प रहेको छ जुन कोना र सान्टाफेबाट प्रभावित रहेको छ । एलइडी टेल ल्याम्प समेत रहेको छ ।
इन्जिन
हुन्डाई भेन्यू तीन इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.४ लिटर पेट्रोल इन्जिनले ९९ बीएचपी पावर दिन्छ । डिजेल इन्जिनयुक्त भेन्यू पनि १.४ लिटरमै उपलब्ध हुनेछ जसले ८९ बीएचपी पावर दिन्छ । त्यस्तै १.० लिटर ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनमा रहेको छ ।
इन्टेरियर तथा विशेषता
नयाँ कम्प्याक्ट एसयूभी भेन्यूको इन्टेरियर कालो रंगको छ । यो कारमा सेगमेन्टमै पहिलो पटक भेन्टिलेटेड प्रन्ट सिट रहेको छ । एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्ने ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम यो कारमा छ । भेन्यूमा सनरुफ समेत रहेको छ ।
सुरक्षा र मूल्य
यो कारमा डियूल फ्रन्ट एयरब्याग, एबीएस वीथ इबीडी र रेयर पार्किङ सेन्सर उपलब्ध रहेको छ । यो कारको मूल्य भारतमा ७ देखि १० लाख भारु पर्ने प्रासम्भिक अनुमान गरिएको छ ।

