प्रेमीसँगकाे सम्बन्ध बचाउन भ्यालेन्टाइन्स डेमा एक महिलाले श्रीमानलाई ८ टुक्रा पारेर घरमा गाडिन्
भारतकाे दिल्लीमा भ्यालेन्टाइन्स डेको दिन एक महिलाले श्रीमानलाई ड्रिङ्कमा विष हालेर हत्या गरेसँगै लासलाई काटेर आठ टुक्रा पारेकी थिइन्। ३८ वर्षकी श्रीमतीले ६३ वर्षका श्रीमानकाे हत्या गरेकी हुन् ।
उनले काटिएको टाउको र खुट्टालाई घर नजिकैको नालीमा फ्याँकिन् र अरुलाई घरभित्रै खाल्डो खनेर गाडेकि थिइन् । भ्यालेन्टाइन्स डेको दिन भएको यो घटनाबारे हालै खुलासा भएको हाे।
भारतीय मिडिया आजतकका अनुसार उत्तर पश्चिमी दिल्लीमा सुनिताले आफ्ना श्रीमानलाई भ्यालेन्टाइन्स डेको दिन हत्या गरेकी थिइन् ।
दुबैको विवाह सन् २००६ मा भएको थियो । जब सुनिताको उमेर २५ को थियो राजेश ५० वर्षका थिए । विवाहको एक वर्षभित्रै उनीहरुको छोराको जन्म भयो ।
सुनिताको छिमेकी केटोसँग दोस्ती भयो । राजेशले एक पटक आफ्नी श्रीमतीलाई ती केटोसँग संदिग्ध अवस्थामा भेटेका थिए ।
उनले दिन–रात अपराधकाम सिरियल्स हेरिन् र श्रीमानबाट छुटकारा पाउने उपाय खोजिन् ।
त्यस पस्चात उनले भ्यालेनटाइन डेकाे दिन अाफ्नाे श्रीमानकाे हत्या गरी अाठ टुक्रा पारेर अाधा भाग जमिनमा गाडिन र टाउकाे नालीमन फालिदिइन् । उक्त घटनाकाे दुई दिन पछि पुलिसमा रिपाेट लेखाउन गइन् ।
जब घरबेटीले लास देखे अनि सुनिताले श्रीमानसँगको आफ्नो सम्बन्ध एक वर्षदेखि बिग्रिएको र सम्बन्धविच्छेदको स्थितीमा पुगिसकेको जानकारी दिइन् ।
साथीलाई देखेर उनका श्रीमान् थप रिसाएको पनि सुनिताले पुलिसलाई बताइन् । त्यसपछि आफूले श्रीमानको हत्याको योजना बनाएको उनले पुलिसलाई जानकारी दिइन् ।

