अचानक राजधानीको डिस्को बारमा आगो लाग्यो, करोडौंको क्षति !
राजधानीको एक डिस्को बारमा आगोे लाग्दा ठुलो क्षति भएको छ ।
भारतको राजस्थान राज्यको राजधानी जयपुरमा आगो लागेको हो । सहकार मार्गको एक डिस्को बार एन्ड रेष्टुरामा भीषण आगो लागेको छ ।
हैशटेग डिस्को नाम रहेको उक्त बार रहेको भवनमा एक त्रिकाको पनि अफिस रहेको बताइएको छ ।

समीप फेलसिटी टावरको चौथो तलामा उक्त बार रहेको थियो ।
उक्त आगोले गर्दा पत्रिकाको भवन पनि जलेर नष्ट भएको जनाइएको छ ।
बिहान ३ बजे आगो लागेको थियो । त्यहाँ काम गर्ने सुरक्षागाडहरु बेहोस भएको जनाइएको छ ।
अहिले आगो नियन्त्रणमा आएको छ ।

