राजधानीमा शक्तिशाली विस्फोट आठ सर्वासधारण घाइते !



हाम्रो इकोनोमि

 

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ ।

यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको छ ।

यस विस्फोट कुन उद्देश्यले गराइएको हो सो प्रष्ट नभएको तर अनुसन्धानरत रहेको खोग्यानीले बताउनुभएको छ ।

अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८ सय सर्वसारणको मृत्यु हुनुको साथै ७ हजार १८० भन्दाबढी घाइते अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...