राजधानीमा शक्तिशाली विस्फोट आठ सर्वासधारण घाइते !



हाम्रो इकोनोमि

 

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ ।

यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको छ ।

यस विस्फोट कुन उद्देश्यले गराइएको हो सो प्रष्ट नभएको तर अनुसन्धानरत रहेको खोग्यानीले बताउनुभएको छ ।

अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८ सय सर्वसारणको मृत्यु हुनुको साथै ७ हजार १८० भन्दाबढी घाइते अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...