संयुक्त टिकट काउन्टर



हाम्रो इकोनोमि

 

पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तो बजारमा एउटै काउन्टर शुरु गरेका हुन् ।

यसअघि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गा सात वर्षका लागि भाडामा लिएर छुट्टाछुट्टै दुई काउन्टर सञ्चालन हुँदै आएकामा सो स्थानमा बैंकले भवन निर्माण गर्न लागेकाले काउन्टर सार्नाका साथै थप दुई काउन्टरको संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याइएको हो ।

सो काउन्टर शुभारम्भका क्रममा जिल्ला प्रहरी प्रमुख ओम रानाले सुरक्षित यात्राका लागि लगानीकर्ता, चालक तथा सहचालक र यात्रु सबैको संयुक्त प्रयास आवश्यक हुने धारणा व्यक्त गर्नुभयोे ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले सुरक्षित, स्तरीय र सहज यात्राका लागि आफूहरू प्रतिबद्ध भएको बताउँदै यातायात व्यवसायीमाथि राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्नुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले राज्यको खुला बजारको अवधारणाअनुरुप आफूहरू कम्पनीमा रुपान्तरण हुने प्रक्रियामा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...