संयुक्त टिकट काउन्टर



हाम्रो इकोनोमि

 

पोखराबाट काठमाडौँका लागि माइक्रोबस सेवा सञ्चालन गर्दै आएका चार बस सञ्चालक समितिले आजदेखि संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति, नेपाल माइक्रोबस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति र शुभयात्रा यातायात सञ्चालक समितिले यहाँको सस्तो बजारमा एउटै काउन्टर शुरु गरेका हुन् ।

यसअघि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गा सात वर्षका लागि भाडामा लिएर छुट्टाछुट्टै दुई काउन्टर सञ्चालन हुँदै आएकामा सो स्थानमा बैंकले भवन निर्माण गर्न लागेकाले काउन्टर सार्नाका साथै थप दुई काउन्टरको संयुक्त टिकट काउन्टर सञ्चालनमा ल्याइएको हो ।

सो काउन्टर शुभारम्भका क्रममा जिल्ला प्रहरी प्रमुख ओम रानाले सुरक्षित यात्राका लागि लगानीकर्ता, चालक तथा सहचालक र यात्रु सबैको संयुक्त प्रयास आवश्यक हुने धारणा व्यक्त गर्नुभयोे ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले सुरक्षित, स्तरीय र सहज यात्राका लागि आफूहरू प्रतिबद्ध भएको बताउँदै यातायात व्यवसायीमाथि राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्छ भन्नुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले राज्यको खुला बजारको अवधारणाअनुरुप आफूहरू कम्पनीमा रुपान्तरण हुने प्रक्रियामा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...