विप्लवका समूहका ब्युरो संयोजक प्रक्राउ
चैत्र ११ विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै सरकार यो समूहप्रति आक्रमक बनिरहेको छ ।
वार्ताका लागि आह्वान गर्दासमेत त्यसलाई अटेर गरी विध्वशंकारी गतिविधी गरेपछि विप्लवका नेता कार्यकर्ता प्रक्राउ गर्न सुरु गरिसकेको छ ।
यसबीच विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको बताईएको छ ।
काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने समेत तयारी रहेको छ ।
शुक्रबार राति मात्र काभ्रेबाट विप्लव समूहका शक्तिशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ संगै ९ जना प्रक्राउ परेका थिए ।

