मुख्यमन्त्रीले सेक्स टुरिजम भन्दै गर्दा पोखरामा प्रहरीको छाप, ८० स्वदेशी–विदेशी पक्राउ



हाम्रो इकोनोमि

 

पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई पक्राउ गरेको हो ।

पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा डान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो। द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई बैदाम चौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथि छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले बताएको छ ।

 

दाङमा तीन वर्षका दाईले एक महिनाकी बहिनीलाई जलाए

 

दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाको बगाहसोतीमा आगलागीमा परेर घाइते भएकी एक महिनाकी बालिकाको मृत्यु भएको छ । राप्ती गाउँपालिकाको वडा नं. १ बगाहसोती बस्ने हिमाल राना मागरकी एक महिनाकी छोरी संगीता रानाको उपचारका क्रममा आइतबार साँझ सात बजे मृत्यु भएको हो ।

 

जलेर घाइते संगीतालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । उनको सोही अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

 

हिमाल राना मगरका छोरा करीव ३ वर्षीय छोरा अमित रानाले सलाई कोरी खेल्ने क्रममा आफ्नै बहिनी (१ महिना ) की संगीता राना सुतिरहेको अवस्थामा कपडामा आगो सल्किदा आगोले जलेर गम्भीर घाइते भएकी थिइन् ।

उपचारको लागि बुटवल लगेकोमा संगीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । घरमा अन्य क्षति केही नभएको मृतक बच्चाको शव बुटवलस्थित अस्पतालमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...