१३ जना मान्छे खाने बाघ मार्न हेर्नुहोस यस्तो कुकुर को प्रयोग
भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी ९मादा टाइगर०का कारण चिन्तित। ‘टी १’ नामको यो बघिनीले यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको छ ।
यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहे ।
वन रेन्जरहरु यसलाई नियन्त्रणमा लिनका लागि दिनरात प्रयास गरिरहे। प्रशासनले बघिनी समात्न एक थप विकल्प अघि सारे।

बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरिए।
यो कुकुरालाई शिकारी कुकुर मानिन्छ ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियका अनुसार ‘टी १’ बघिनीको शिकार गर्न प्रयोग गर्न कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो ।
यो कुकुर किन र केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर हो ।
यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो ।
यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन ।
इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँछन् ।
अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्षको हुन्छ ।
४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको निक्कै ठूलो हुन्छ । यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ ।

