खाजा पसलमै यौन धन्दा डिल, यस्तो छ अघोषित रेडलाइट एरियाको कथा



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा र आसपासको क्षेत्रमा रेडलाइट एरिया खोल्नुपर्छ भन्दा विवादमा तानिए । केही अधिकारकर्मीलगायतले उनको बयानबाजीको तिव्र आलोचना गरेका थिए । तर, पोखरा र आसपासमा रहेका साधारण खाजा पसलमा यौन धन्दाको डिल हुने गरेको रहस्य एउटा रिपोर्टमा खुलाइएको छ ।

 

उक्त प्रदेशको एउटा टेलिभिजनले तयार पारेको भिडियो रिपोर्टमा रिपोर्टर ग्राहक बनेर जान्छन् र कसरी हुन्छ डिल भन्ने पत्ता लगाउँछन् । अघोषित रेडलाइट एरिया जस्तो बनेका ति खाजा पसलमा यौन कर्मका लागि युवती तयार हुन्छन् । रिपोर्टरले बाहिर जानुपर्छ केही दिनका लागि भन्दा उनीहरू भन्छन्,‘साहुनीलाई सोध्नुपर्छ ।’

 

दैनिक आम्दानीका लागि यौन कर्ममा उनीहरू सहजै तयार हुन्छन् । एक जनाले तीन जनासम्मको डिल गर्ने क्रममा भन्छिन्,‘अघिको त्यो फुच्ची पनि जान्छे !’ प्रहरीले पनि यस्तो समस्या रहेको स्वीकार गर्दै नियन्त्रणका लागि टोली परिचालन गरेको बताएको छ । तर, समस्या ज्युँका त्युँ नै रहेको देखिन्छ ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुब्बालेचाहिँ यस्तो अवस्थालाई व्यवस्थित गर्ने डिस्कोर्सको सुरुआत हुनुपर्छ भन्ने आफ्नो मान्यता सुनाएका छन् । होटल व्यावसायीसँग पनि यस विषयको प्रस्तावमा छलफल भएको उनले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...