एसईई दिने ‘एक किशोरीले गरिन आत्महत्या’



हाम्रो इकोनोमि

 

आज देखिको सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.६ यम्घा गुँगा भुटेकेकी १६ वर्षकी मनिषा विकले काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय गुंगा माध्यमिक विद्यालयबाट एसईई परिक्षा तयारी गरेकी विकको आजदेखि दर्लमडाँडा माविमा परीक्षा केन्द्र रहेको थियो ।

घरमा एक्लै बस्दै आएकी विकको बाबु मुक्तबहादुर नेपाली वैदेशिक रोजगारीका लागी कुवेतमा रहेको र घरमा तिन बैहिनी र आमा बस्दै आएका छन ।

आमा र दुई दिदी बहिनी उपचारको लागि बुटवल गएका बेला मनिषा घरमा एक्लै बसेको समयमा घरमा झुण्डि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...