एसईई दिने ‘एक किशोरीले गरिन आत्महत्या’



हाम्रो इकोनोमि

 

आज देखिको सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.६ यम्घा गुँगा भुटेकेकी १६ वर्षकी मनिषा विकले काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय गुंगा माध्यमिक विद्यालयबाट एसईई परिक्षा तयारी गरेकी विकको आजदेखि दर्लमडाँडा माविमा परीक्षा केन्द्र रहेको थियो ।

घरमा एक्लै बस्दै आएकी विकको बाबु मुक्तबहादुर नेपाली वैदेशिक रोजगारीका लागी कुवेतमा रहेको र घरमा तिन बैहिनी र आमा बस्दै आएका छन ।

आमा र दुई दिदी बहिनी उपचारको लागि बुटवल गएका बेला मनिषा घरमा एक्लै बसेको समयमा घरमा झुण्डि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...