नेपालका लागि अमेरिकी राजदुत बेरी समलिंगी : उनी श्रीमतीको भूमिकामा छन् भने अर्का पुरुष श्रीमान



हाम्रो इकोनोमि

 

अमेरिकाले नेपालका लागि पठाएका राजदूत र्‍यान्डी डब्लु बेरी समलिंगी पुरुष हुन् । उनको यो योग्यताले विश्वभरीका समलिंगीले गर्व गरेका छन् । राष्ट्रपति विद्या देवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि उनको नेपालसँगको भूमिकापनि निक्कै प्रशंसा योग्य छ ।

 

लामो समयदेखि कूटनीतिक क्षेत्रमा क्रियाशील ५३ बर्षीय बेरीले सन् २००७ देखि २००९ सम्म काठमाडौंस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेका थिए । ‘नयाँ भूमिकामा नेपाल आउँन पाउँदा मलाई ज्यादै खुशी लागेको छ,’ राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि भनेका थिए ।, ‘नेपाल र अमेरिका बीचको मित्रता थप मजबुत बनाउन म उत्सुक छु ।’

 

राजदूत बेरी मिनिस्टर काउन्सिलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करिअर सदस्य हुन् । सन् १९९३ देखि कुटनीतिज्ञका रुपमा कार्यरत उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० बर्षभन्दा लामो समय गुजारेका छन् ।

 

बेरी तेस्रोलिंगी समुदाय एलजीबीटीआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स) को मानवअधिकार प्रवर्द्धनका लागि पहिलो अमेरिकी दूत समेत हुन् । उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले फेबु्रअरी २०१५ मा यो पदमा नियुक्त गरेका थिए । २०१७ सम्म सो पदमा रहे ।

 

त्यसपछि उनी लोकतन्त्र मानवअधिकार तथा श्रमसम्वन्धी ब्यूरोमा दक्षिण तथा मध्यएसियाका लागि डेपुटी एसिस्टेन्ट सेक्रेटरी बनाइए । बेरीले न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका लगायत देशमा काम गरिसकेका छन् । उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । परराष्ट्र सेवामा आउनुअगावै बेरी तेस्रो लिंगीको अधिकारको पक्षमा खुलेका थिए । त्यसबेलासम्म अमेरिकी विदेश मन्त्रालयले तेस्रो लिंगीलाई सेवामा लिँदैनथ्यो ।

 

विदेश मन्त्रालयमा जागिर खान थालेपछि लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा खुलेर लागे । बेरीले प्रवेश सिंहसँग २०१२ मा बिहे गरेका छन् । प्रवेश श्रीमान र बेरी श्रीमतीको भूमिकामा छन् । यद्यपि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो वेबसाइटमा राखेको राजदूत बेरीको जीवनीमा उनलाई पुरुषको पहिचान दिएको छ ।

 

बेरी र प्रवेशका एक छोरा र एक छोरी छन् । छोरी आर्या ६ वर्षकी भइन् भने छोरा जान्डर ५ वर्षका भए । आफ्ना छोराछोरीको विषयमा बेरीले एक अन्तरवार्तामा भनेका थिए, ‘उनीहरु स्ट्रेट पनि हुन सक्छन् र तेस्रो लिंगी पनि हुन सक्छन् । जे भए पनि म उनीहरुलाई खुशी देख्न चाहन्छु ।’

 

अमेरिकामा सन् २००४ मा पहिलोपटक एउटा राज्यले समलिंगी विवाहलाई वैधता दिएको थियो । सन् २०१५ सम्म आइपुग्दा सबै ५० वटै राज्यमा समलिंगी विवाहले मान्यता पाइसकेको छ । अमेरिकी सरकारले यौनिक अल्पसंख्यकहरुको मानव अधिकार र लैङ्गकि समानताको सम्मान गरेको छ । जस्तै उसले हाल जर्मनीमा कार्यरत अमेरिकी राजदूत तेस्रोलिंगी समुदायबाटै पठाएको छ ।

 

नेपालको संविधानले पनि यौनिक अल्पसंख्यकहरुको समान अधिकार प्रत्याभूत गरेको छ । त्यसैले हामीले पनि अमेरिकाले लिएको नीतिबाट सिक्ने हो कि रु यस सन्दर्भमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी एउटा सकारात्मक प्रेरणा स्रोत बन्न सक्छन् । Source 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...